उपत्यकामा सार्वजनिक यातायात ठप्प हुँदा नागरिकलाई सास्ती

काठमाडौँ। ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात यातायात मजदुरहरूले गरेको यातायात सेवा बन्दले नागरिकलाई सास्ती भएको छ । अहिले उपत्यकामा सार्वजनिक यातायात सेवा ठप्प छ । सडकमा फाटफुट निजी सवारी चलिरहेका छन् । सडक खाली देखिन्छन् ।
स्कुल, कलेज हिडेका विद्यार्थी, अस्पतालमा हिडेका विरामी र अन्य कामका लागि हिडेका नागरिक पौदल यात्रा गरिरहेका देखिन्छन् ।
उपत्यका बाहिर जाने लामो दुरीका सवारी साधन भने फाट्टफुट्ट चलेका छन्। नयाँ बसपार्क, कोटेश्वर, कलंकीलगायत बस काउन्टरहरू बन्द छन्। अहिले चोक चोकमा बाक्लो संख्यामा प्रहरी खटिएका छन्।
सार्वजनिक सवारी साधन नचल्दा यात्रु मारमा परेका छन्। निजी सवारी साधन भने निर्वाध रूपमा सञ्चालनमा रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सार्वजनिक यातायातका मजदूरहरूले सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए।
ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सघं र नेपाल यातायात मजदुर सघं आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी तथा तोडफोड गरेका हुन्।
आन्दोलनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्यान्ड लगायतका संरचनामा समेत आगो लगाइदिएका छन्।
बालाजु, माछापोखरी, गोँगबु र सामाखुसी चोकमा मजदुरहरूले सोमबार सडक अवरुद्ध गरेका थिए। आन्दोलनकारीले प्रहरीका दुईवटा भ्यानमा आगजनी गर्नाका साथै माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट भत्काइदिएका छन्।
यस्तै केही प्रदर्शनकारीले लोत्से मलमा रहेका पसलहरु तोडफोड गरेका छन् ।
आन्दोलनरत यातायात मजदुरलाई आज बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्तामा बोलाइएको छ । वार्तामा उपप्रधानमन्त्री श्रेष्ठ आफै बस्दैछन् ।
















नेपाली कांग्रेसले पाँच स्थानमा लियो अग्रता
रुकुमपूर्वमा प्रचण्डकाे अग्रसरता
मोरङ ३: श्रम संस्कृति पार्टीका अमिर मगरले लिए अग्रता
तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
प्रतिक्रिया