शुक्रबार, माघ १६, २०८२

यातायात मजदूरहरूको आन्दोलन

लुटपाट र आगजनी गर्नेलाई कारबाही गर्न गृहको निर्देशन

मेरोन्यूज २०७९ फागुन २ गते १३:३२

काठमाडौँ । गृह मन्त्रालयले सोमबार काठमाडौंको गोंगबु क्षेत्रमा प्रदर्शनको क्रममा लोत्से मलमा तोडफोड गर्ने र मोबाइल लगायतका सामग्री लुट्नेलाई खोजेर कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।

गृहले घटनामा संलग्नलाई पक्राउ गरी कारबाही चलाउन प्रहरीलाई निर्देशन दिएको हो ।

गृहसचिव बिनोदप्रकाश सिंहले मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनीलगायत प्रहरी अधिकारीलाई बोलाएर कारबाही गर्न निर्देशन दिएका हुन् ।

यातायात व्यावसायी र मजदुरहरुले गरेको प्रदर्शन भड्किएपछि लोत्से मलको मोवाइल पसलमा लुटपाट भएको थियो । प्रदर्शनकारीहरुले पसल तोडफोड गरेर मोबाइल लगायतका सामग्री लुटेका थिए ।

प्रदर्शनका क्रममा प्रहरीको भ्यान र अन्य भवनहरु समेत तोडफोड भएको थियो । त्यसमा संलग्नलाई पनि कारबाही गर्ने गृह मन्त्रालयले निर्देशन दिएको छ ।
सोमबार भएको प्रदर्शनलाई नियन्त्रण लिने सवालमा प्रहरीको तर्फबाट पनि समन्वय र स्थितिको आकलन गरी तत्काल लिनुपर्ने रणनीतिबारे कमजोरी भएकोले त्यसबारे पनि गृहले प्रहरी अधिकारीहरुसमक्ष चासो राखेको छ ।

प्रतिक्रिया