ग्यास सिलिण्डर विष्फोट हुँदा सांसद भण्डारी घाइते
भण्डारी र उनकी आमा जलेर घाइते
मेरोन्यूज
२०७९ फागुन ४ गते ६:२२

काठमाडौँ । नेपाली कांग्रेसका तर्फबाट गुल्मी क्षेत्र नं १ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीको निवासमा ग्यास सिलिण्डर विष्फोट भएको छ ।
विष्फोटबाट भण्डारी र उनकी आमा जलेर घाइते भएका नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले जानकारी दिइन् ।
सांसद् भण्डारी र उनकी आमाको अहिले कीर्तिपुरस्थित वर्न अस्पतालमा उपाचार भइरहेको छ । डाक्टरहरूका अनुसार डा. भण्डारीको २५ प्रतिशत शरिर र उनकी आमाको ७० प्रतिशत हाराहारी शरिर जलेको छ ।
सिलिण्डर राति १० बजेतिर विष्फोट भएको उनको सचिवालयले जनाएको छ । भण्डारीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल पुगेर फर्किएका छन् ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया