टेलिकमका श्रेणीविहीन कर्मचारीलाई सम्झौता गरी काममा लगाउनु पर्ने फैसला

काठमाडौँ । श्रम अदालतले नेपाल टेलिकमका कार्यरत श्रेणीविहीन कर्मचारीलाई कानुनबमोजिम सम्झौता गरी काममा लगाउनु पर्ने फैसला गरेको छ ।
श्रम अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य निशा बानियाँको संयुक्त इजलासले बुधबार टेलिकममा कार्यरत श्रेणीविहीन कर्मचारीलाई कानुनबमोजिम सेवा सुविधा दिएर काममा लगाउनु पर्ने फैसला गरेको हो ।
फैसलामा भनिएको छ, ‘श्रम ऐन २०७४ लागू भएपछि उक्त ऐनको दफा १७८(२) बमोजिम तीन महिनाभित्र त्यस प्रकारका श्रमिकको रोजगार सम्झौता गरी काममा लगाउनु पर्नेमा नगरेको, पहिलेको कानुनबमोजिम स्थायी पनि नगरेको आधारमा उक्त ऐनको दफा १० बमोजिम नियमित श्रमिकले पाउने सेवा सुविधा पाउनु पर्छ ।’
टेलिकममा १५–१६ वर्षदेखि गार्डेन, चौकीदार, भान्साको काम गर्ने श्रेणीविहीन कर्मचारी ठूलो संख्या भए पनि २१ जनाले नियुक्तिपत्र नदिइकन, सेवा, शर्त पनि नतोकिकन लामो समय न्यूनतम सेवा, सुविधा र तलबसमेत नदिएको उल्लेख गर्दै श्रम कार्यालयमा उजुरी गरेका थिए ।
श्रम कार्यालयले कानुनबमोजिम सुविधा दिनु पर्ने ठहर गरेको थियो । श्रम कार्यालयकै निर्णयलाई श्रम अदालतले सदर गरेको हो ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया