कृषि विकास बैंकको सीईओमा ५ जनाको नाम सर्ट लिष्टिङमा
मेरोन्यूज
२०७९ फागुन ५ गते १२:११

काठमाडौं। कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा पाँच जना लिष्टिङमा परेका छन् । २२ जनाले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि आवेदन दिएका थिए। जसमध्ये ५ जनाको नाम सर्ट लिष्टिङमा परेको बैंकले जनाएको छ ।
बैंकको सञ्चालक समितिको बैठकको निर्णयअनुसार उम्मेदवारहरुको शैक्षिक योग्यता, अनुभव, उल्लेखनीय कार्य तथा व्यवसायीक कार्ययोजनाको मूल्याङ्कन गरी वर्णानुक्रमअनुसार उक्त ५ उम्मेदवारहरु सर्ट लिष्टिङ्गमा छनौट भएका हुन् ।
यसरी, सर्ट लिष्टिङमा पर्नेमा क्रमशः गोविन्द गुरुङ, प्रताप सुवेदी, यज्ञ प्रसाद न्यौपाने, बद्रि गुरागाईं र विष्णुदेव यादव रहेका छन् । उनीहरुको शनिबार अन्तर्वार्ता लिइने सूचनामा जनाइएको छ ।

सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया