इण्डोनेसियाको सुराकार्तामा बाढीका कारण हजारौं मानिस प्रभावित
मेरोन्यूज
२०७९ फागुन ५ गते २०:१२
काठमाडौँ । इण्डोनेसियाको सुराकार्ता शहरमा लामो समयदेखि जारी भारी वर्षापछि आएको बाढीका कारण हजारौं मानिस प्रभावित भएको स्थानीय प्रकोप न्यूनीकरण निकायले जनाएको छ ।
जाभा टापुमा रहेको बेन्गावान सोलो नदीले शुक्रबार किनार र सडकहरूका साथै १६ भन्दा बढी उपजिल्लाका घरहरू डुबानमा पारेको छ । जसका कारण लगभग २२ हजार बासिन्दाहरू प्रभावित भएका छन् ।
यद्यपि, बाढीबाट हताहतीको विवरण भने आएको छैन । तर सम्भावित जोखिमका कारण झण्डै चार हजार बाढीपीडितलाई त्रिपाल टाँगेर उच्च स्थानमा सारिएको छ ।
स्थानीय अधिकारीहरूले सङ्कटमा परेका स्थानीय जनताहरूलाई सहयोग गर्न लागिपरिरहेको र उद्धार कार्य एवं आपतकालीन राहत कार्यहरूलाई पनि तीव्रता दिएको जनाएका छन् । इण्डोनेसिया अझै वर्षाको मौसम जारी छ । यहाँ प्रायः बाढी र पहिरोबाट जोखिम र धनजनको क्षति हुने गरेको छ ।
सम्बन्धित
















सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया