जी ७ देश युक्रेनलाई समर्थन गर्न र रूसमाथि थप प्रतिबन्ध लगाउन सहमत

काठमाडौँ । सात राष्ट्रहरूको समूह (जी ७)का विदेश मन्त्रीहरूले युक्रेनलाई समर्थन जारी राख्न र रुसमाथि थप प्रतिबन्धहरू लगाउन सहमत भएका छन् ।
रुस-युक्रेन युद्ध शुरु भएको एक वर्ष पुग्न लागेको सन्दर्भमा विकसित देशहरूको समूहले सो निर्णय गरेको एनएचके वर्ल्ड न्युजले उल्लेख गरेको छ । जापानले शनिबार जर्मनीको म्युनिखमा जी ७ को बैठक आयोजना गरेको छ । जुन बैठकमा अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनका बीच यस किसिमको छलफल भएको छ ।
बैठकमा युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबालाई पनि निमन्त्रणा गरिएको थियो । ‘मैले जापानी विदेशमन्त्री हायासी योशिमासाको निमन्त्रणामा जी ७ मन्त्री स्तरीय बैठकमा भाग लिएको थिएँ, हामीले सन् २०२३ मा युक्रेनको विजयका लागि आवश्यक सबै कुरामा ध्यान केन्द्रित गरेका थियौँ, त्यहाँ हतियारहरूको द्रुत प्रसार र नयाँ प्रतिबन्धहरू हुने छन्, जसबाट रूसले हामी प्रतिवाद गर्न थाक्ने छैनौँ भन्ने आक्रामकताको महसुस गर्नेछ,’ दिमिट्रो कुलेबाले शनिबार ट्वीट गरेका छन् ।
विदेशमन्त्रीहरूले रुसलाई समर्थन गर्ने देशहरूलाई त्यसो नगर्नसमेत आग्रह गरेका छन् । प्रतिवेदनका अनुसार उनीहरूले युक्रेनमा नागरिक र प्रमुख पूर्वाधार सुविधामा निरन्तर आक्रमण गरेकामा रूसको निन्दा पनि गरेका छन् । उनीहरूले मस्कोलाई अन्तर्राष्ट्रिय कानून बमोजिम जवाफदेही बनाउने पनि बताएका छन् ।
न्युजका अनुसार हयासीले प्योङयाङको ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षण प्रक्षेपणको अभूतपूर्व दरले जापानको सुरक्षा र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि गम्भीर चुनौती खडा गरेको बताएका छन् ।
जापान यस वर्षको जी ७ को अध्यक्ष हो । जापानले मे महिनामा हिरोशिमामा जी ७ शिखर सम्मेलन आयोजना गर्ने तयारी गरेको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
प्रतिक्रिया