बिन्दबासिनी म्युजिकका सञ्चालक रेग्मी पक्राउ
मेरोन्यूज
२०७९ फागुन ८ गते ११:०६

काठमाडौं। बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्।
केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।
साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालका अनुसार थाईल्याण्डबाट नेपाल आउँदै गरेका बेला रेग्मीलाई विमानस्थलबाटै पक्राउ गरिएको हो । साइबर अपराधको आरोपमा पक्राउ परेका रेग्मीकाे आजै अदालतमा म्याद थप गरिनेछ ।
गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको बुझिएको छ ।
रेग्मीले सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारहरुविरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाउने गरेको आरोपमा साइबर ब्युरोमा केही दिन अघि उजुरी परेको थियो । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको बुझिन आएको छ ।
सम्बन्धित









झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
प्रतिक्रिया