इरानद्वारा युरेनियम बारे स्पष्टीकरण
काठमाडौँ । इरानको आणविक ऊर्जा सङ्गठनका प्रवक्ता बेहरुज कमलभान्डीले आइतबार देशले युरेनियमलाई ६० प्रतिशत शुद्धताभन्दा माथिको स्तरमा प्रवर्द्धन गरेको सङ्केत गर्ने सञ्चारमाध्यमको रिपोर्टलाई अस्वीकार गरेका छन् । उनले यस्ता सामाचारलाई तथ्यको विकृति भन्दै खण्डन गरेका छन् ।
कमलवन्दीले आधिकारिक समाचार एजेन्सी आइआरएनएसँगको अन्तर्वार्तामा त्यस्ता रिपोर्टहरूको खण्डन गरेका हुन् ।
इरानमा अन्तरराष्ट्रिय आणविक अनुगमनकर्ताहरूले गत हप्ता ८४ प्रतिशत शुद्धतामा संवर्द्धित युरेनियम पत्ता लगाएका थिए जुन परमाणु हतियारको लागि आवश्यक भन्दा ६ प्रतिशत कम एकाग्रता हो ।
आणविक अधिकारीले यसलाई स्मियर अभियानको रूपमा खारेज गर्दै ६० प्रतिशत भन्दा माथि युरेनियम कणहरूको अस्तित्वको को विषय सही नभएको बताएका छन् ।
अन्तराष्ट्रिय आणविक ऊर्जा एजेन्सीले ट्वीट गर्दै यसले इरानसँग हालको प्रमाणीकरण गतिविधिहरूको नतिजाबारे छलफल गरिरहेको र आवश्यक देखिएमा यसको निर्देशक बोर्डलाई सूचित उल्लेख गरेको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया