रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम मोडल रियलमी १० नेपाल आउँदै

काठमाडौँ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँँ मोडल रियलमी १० को डिजाइन सार्वजनिक गरेको छ । जम्मा ७.९५ मिमि मोटाइ रहेको यस मोडललाई कम्पनीले अहिलेसम्म निकालेको सबैभन्दा स्लिम स्मार्टफोन भएको जानकारी दिएको छ । यति स्लिम भएर पनि यसमा ब्याट्रि भने शक्तिशाली ५००० एमएएचको जडान गरिएको छ । स्लिम डिजाइन र हल्का तौल अनि शक्तिशाली ब्याट्रि भएकोले गर्दा दैनिक रुपमा धेरै फोन प्रयोग गरिरहनुपर्ने अहिलेको जीवनशैलीलाई रियलमी १० ले धेरै सजिलो बनाउने कम्पनीले जनाएको छ ।
अहिलेका उपभोक्ताहरुको धेरैजसो समय स्मार्टफोनमा बित्ने गर्छ । गेम खेल्न होस् अथवा आफ्नो परिवार र साथीहरुसँग फोनमा कुराकानी गर्न होस् अथवा सामाजिक सञ्जालमै पनि अपडेटेड भइरहनको लागि फोन धेरै समयसम्म चलाईरहनुपर्ने हुन्छ । त्यसैले स्मार्टफोन डिजाइन गर्दा रियलमीले होल्डिङ एक्स्पिरियन्स (फोन समाउँदा हुने अनुभव) लाई अत्यन्तै प्राथमिकतामा राख्दै आएको छ । त्यसैले रियलमीले आफ्ना अधिकांश उत्पादनहरु हलुका र स्लिम बनाउँदै आइरहेको छ । यसका साथै रियलमी आफ्ना नम्बर सिरिजहरुमा हरेक उपभोक्ताहरुको लागि उच्च–स्तरीय र स्टाइलिस उत्पादनहरु बजारमा ल्याउन प्रतिबद्ध छ ।
६.४ इन्चको ठुलो एमोलेड डिस्प्ले, दिनभरी आरामसँग चलाउनको लागि हलुका र अल्ट्रा–स्लिम बडीको साथ–साथै ५००० एमएएचको शक्तिशाली ब्याट्रि र हेर्दा आकर्षक देखिने स्टाइलिश डिजाइन भएको यो रियलमी १० नयाँँ स्मार्टफोन किन्ने सोचमा भएका हरेकको लागि एकदमै उपयुक्त रोजाई हो ।
त्यस्तै ३.५ मिमिको हेडफोन ज्याक र २००% अल्ट्राबुम स्पिकरले यसको आकर्षक डिजाइनमा अझै सुनमा सुगन्ध थपेका छन । यो सँगै अब उपभोक्ताहरुले पार्टी अथवा अन्य कुनै रमाइलो पलहरुमा बस्टेड भोल्युममा हाइ रेजोल्युसन साउन्डको मज्जा लिन सक्नेछन् ।
यो फोन क्ल्याश व्हाइट र रस ब्ल्याक गरी दुई आकर्षक रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
















अर्को समुद्री युद्धपोत समूह इरानतिर अघि बढिरहेको छ :ट्रम्प
Heavy snowfall in Mustang, Humla and Bajura districts
चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने
Mid-Hill Highway obstructed in Baglung due to heavy snowfall
राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
प्रतिक्रिया