आफ्नाे बिवाह बारे शहनाज गिलले भनिन्- यस्ता कुरामा मलाई विश्वास लाग्दैन

काठमाडाैं । शहनाज गिलको शो ‘देसी भाइब्स विथ शहनाज गिल’ मा हालै भुवन बम विशेष अतिथिको रूपमा देखा परेका थिए। शाेमा शहनाजले भुवनसँग आफ्नो व्यक्तिगत जीवनदेखि व्यावसायिक जीवनका बारेमा कुरा गरिन् । यसक्रममा शहनाजले अहिले आफू बिहेजस्ता कुरामा विश्वास नगर्ने बताइन् ।
शोमा कुरा गर्दै शहनाजले भनिन्, ‘हाम्राे जीवनमा थाहा छैन भविष्य के हो ? हामी सबै कुराको लागि तयार हुनुपर्छ। अहिले मसँग केहि चीजहरू छन् त्यसैले म के गरिरहेको छु। अगाडी बढ्दै गएर काम गर्ने कोसिस गर्नेछु । काम पाउँदै जाने प्रयास गर्छु तर काम नपाएमा कम्तिमा यति बचत गर्नुपर्छ कि भविष्यमा पैसाको लागि कसैलाई हाथ जाेड्नु नपराेस्’ ।
शहनाजले थपिन्, ‘अहिले मलाई विवाह आदिमा विश्वास छैन । मैले जीवनमा अझै लामो यात्रा गर्न बाँकी छ। तर मलाई लाग्छ कि मैले मेरो बचत राख्नुपर्छ। पैसा खर्च गर्नुपर्छ भन्ने लाग्दैन, बचत गर्न चाहन्छु ।
शहनाज सिद्धार्थ शुक्लालाई धेरै मन पराउँथिन् । मिडिया रिपोर्टका अनुसार दुबै रिलेशनशिपमा पनि थिए । सिद्धार्थको २ सेप्टेम्बर २०२१ मा मृत्यु भएपछि शहनाज विक्षिप्त बनेकी थिइन्।










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया