स्वास्थ्यमन्त्री गिरी स्वीटजरल्याण्ड प्रस्थान
मेरोन्यूज
२०७९ फागुन १० गते ८:३८

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन् । स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रीस्तरीय शिखर सम्मेलनमा भाग लिन मन्त्री गिरी गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् ।
सम्मेलनमा विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता हुने बताइएको छ । मन्त्रीसँगै मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल र मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीसमेत त्यसतर्फ प्रस्थान गरेका छन् ।
मन्त्री गिरी सम्मेलनमा भाग लिई यही फागुन १४ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।
सम्बन्धित
















बाँकेमा उम्मेदवारविरुद्ध परेन उजुरी
काराेबारसँगै बढ्यो सेयर बजार
जाँचबुझ आयोगको समय २० दिन थप
झापाका ९५ मतदानस्थल अति संवेदनशील
कांग्रेसका मुख्य सचिव पौडेलले दिए राजीनामा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
प्रतिक्रिया