यस वर्ष १७ पर्वमा मुलुकभर सार्वजनिक बिदा

काठमाडौँ । यस वर्ष १७ पर्वमा मुलुकभर सार्वजनिक विदा हुने भएको छ । मन्त्रिपरिषद् प्रशासनिक समितिले अहिले कायम रहेका धार्मिक, सांस्कृतिक, राजनीतिक दिवस, पर्वलगायत बिदालाई कायम गर्दै २०८० को सरकारी क्यालेन्डर बनाउँदा यस वर्ष १७ पर्वमा मुलुकभर सार्वजनिक बिदा हुने भएको हो ।
उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वको समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डे सचिव छन् । पाण्डेकै संयोजकत्वमा गृह र पर्यटन मन्त्रालयका सचिवसहितको टोलीले १७ पर्वमा मुलुकभर बिदा दिने निर्णय लिएको हो ।
सचिवको संयन्त्रबाट तयार पारिएको प्रतिवेदन उपप्रधानमन्त्री श्रेष्ठले प्रशासन समितिको सचिवालयमार्फत स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयमा पठाउन निर्देशन दिएका छन् ।
गृह मन्त्रालयका अनुसार वैशाख १, उँधौली पर्व (चण्डी पूर्णिमा–वैशाख २२), रक्षा बन्धन (भदौ १४), श्रीकृष्ण जन्माष्टमी (भदौ २०), घटस्थापना (असोज २८), दसैं बिदा (कात्तिक ४ देखि ९), तिहार बिदा (कात्तिक २६ देखि ३०), छठ पर्व (मंसिर ३) मा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ । त्यस्तै क्रिसमस डे (पुस ९), उँधौली पर्व, योमरी पुन्ही (ज्यापू दिवस) तथा धान्य पूर्णिमाका दिन पुस १० मा पनि बिदा दिइएको छ ।
पुस १५ मा तमु ल्होसार, माघ १ मा माघी पर्व (माघे संक्रान्ति), माघ २७ मा सोनम ल्होसार, फागुन २५ मा महाशिवरात्रि, फागुन २८ मा ग्याल्पो ल्होसार, इस्लाम धर्मावलम्बीको इदउल फित्र र बकर इदमा पनि देशभर बिदा घोषणा गरिएको छ । यी सबै बिदा विसं २०७९ को क्यालेन्डरमा पनि समेटिएको छ । यसैगरी चैत ११ मा हिमाली र पहाडी तथा चैत १२ मा तराई मधेसमा होली पर्वको बिदा दिइएको छ ।
सम्बन्धित धर्म, संस्कृति र भूगोलविशेषका लागि भदौ ७ मा गौरा पर्व, भदौ १४ मा गाईजात्रा (नेवार समुदायका लागि मात्र) र झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहाका जिल्लामा सिरुवा पावनी पर्व बिदा दिइएको छ । असोज १ मा तीज, असोज २० मा जितिया पर्व परेको छ । दुवै दिन महिलाका लागि मात्रै बिदा दिइएको छ ।
फागुन २ मा वसन्त पञ्चमी परेको छ । शिक्षण संस्थाका लागि यो दिन बिदा दिइएको छ । काठमाडौं उपत्यकामा मनाइने गाईजात्रा (भदौ १४), इन्द्रजात्रा असोज ११, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा र घोडे जात्रा (चैत २६) मा उपत्यकामा बिदा तोकिएको छ ।
वैशाख १८ मा विश्व मजदुर दिवस, जेठ १५ मा गणतन्त्र दिवस, असोज ३ मा संविधान दिवस (राष्ट्रिय दिवस), पुस २७ मा राष्ट्रिय एकता दिवस, फागुन १ मा जनयुद्ध दिवस, फागुन ७ मा राष्ट्रिय प्रजातन्त्र दिवस, फागुन २५ मा अन्तर्राष्ट्रिय महिला दिवसमा देशभर बिदा हुने दिइएको छ । अपांगता भएका कर्मचारीका लागि मंसिर १७ गते बिदा दिइएको छ । बुद्ध जयन्तीका दिन वैशाख २२ गते सबैलाई बिदा तोकिएको छ ।
कात्तिक २५ (फाल्गुनन्द जयन्ती), मोहम्मद जयन्ती, मंसिर ११ मा गुरु नानक जयन्तीका दिन सम्बन्धित धर्मावलम्बीका लागि मात्र बिदा तोकिएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस (जेठ २१), निजामती सेवा दिवस (भदौ २२) र सहिद दिवस (माघ १६) मा कार्यालय खुलाएर दिवस मनाइनेछ । विदेशस्थित विभिन्न कूटनीतिक नियोगले वर्षमा १८ दिन सम्बन्धित देशका बिदालाई मध्यनजर गर्दै बढीमा १८ दिन सार्वजनिक बिदा आफैंले व्यवस्थापन गर्न पाउनेछन् ।
















इरान–अमेरिका वार्तामा प्रगति, तनाव अझै कायमै
HoR Election: Election activities ramp up in Parbat’s rural regions
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
मतदाता भन्छन्ः उम्मेदवार हेरेर आफ्नो मत दान गर्छौं
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया