अमेरिकी डलरकाे मूल्यमा सामान्य वृद्धि, युरोको भाउ घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइबारको विनिमय दर सार्वजनिक गरेको छ। आइतबार अमेरिकी डलरको भाउ सामान्य वृद्धि भएको छ भने युरोपियन युरो र अष्ट्रेलियन डलरको भाउ घटेको छ।
आइतबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा कायम गरिएको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६८ पैसा थियो। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ३ पैसाले पैसा बढेको हो।
नेपाल राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १३९ रूपैयाँ ८५ पैसा र बिक्रीमा १४० रूपैयाँ ४९ पैसा पाइन्छ। यो मूल्य अघिल्लो शुक्रबारको तुलनामा १५ पैसा घटेको हो।
शुक्रबार युरो एकको खरिदमा भने १४० रूपैयाँ र बिक्रीमा १४० रूपैयाँ ६३ पैसा कायम गरिएको थियो। त्यसैगरी, आइतबार अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ६३ पैसा र बिक्रीमा ९० रूपैयाँ ४ पैसा तोकिएको छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रूपैयाँ ९२ पैसा र बिक्रीदर १५९ रूपैयाँ ६४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमूल्य ९७ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ९८ रूपैयाँ ८२ पैसामा कारोबार भइरहेको छ।
आइतबार राष्ट्र बैंकले कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २० पैसा र बिक्रीमा ३६ रूपैयाँ ३६ पैसा कायम गरेको छ । यता, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३७ पैसा तोकिएको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रूपैयाँ १३ पैसा पाइन्छ भने मलेसियन रिंगिट एकको खरिदमूल्य २९ रूपैयाँ ७८ पैसा र बिक्रीमूल्य २९ रूपैयाँ ९२ पैसा तोकिएको छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ४४ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ३९ पैसा पाइन्छ। बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६ पैसा तोकिएको छ।
















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया