अर्थमन्त्री पौडेल स्वदेश फर्किए
मेरोन्यूज
२०७९ फागुन १४ गते ११:१०

काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्वदेश फर्किएका छन । ११ फागुनमा उनी अर्थमन्त्रीहरुको जी २० का सम्मेलनमा भाग लिन भारत गएका थिए । उनी शनिबार राती ९ बजे स्वदेश फर्किएका हुन् ।
सम्मेलनमा गएका बेला उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थमन्त्रालयका उपमन्त्री वाङ दङवैलगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गरेका थिए।
जी २० का अर्थमन्त्रीहरुको सम्मेलन शुक्रबार र शनिबार गरी दुई दिन चलेको थियो । उक्त सम्मेलनमा नेपाल सदस्य नरहे पनि भारतले नेपाललाई सम्मेलनमा भाग लिन निमन्त्रणा गरेकाले अर्थमन्त्री पौडेल सम्मेलनमा सहभागी भएका थिए ।
सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया