युरोको भाउ घट्यो, यस्ताे छ आज विदेशी विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ।
सोमबार अमेरिकी डलरको करोबार स्थिर रहेको छ । यसको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा कायम गरिएको छ। यसअघि आइतबार पनि सोहि भाउमा अमेरिकी डलरको कारोबार भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर १३९ रूपैयाँ ३५ पैसा र बिक्रीमा १३९ रूपैयाँ ९८ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५१ पैसा घटेको हो। आइतबार युरोको खरिदमूल्य १३९ रूपैयाँ ८५ पैसा र बिक्रीमा १४० रूपैयाँ ४९ पैसा कायम गरिएको थियो।
त्यसैगरी, सोमबार अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ८६ पैसा र बिक्रीमा ८९ रूपैयाँ २६ पैसा तोकिएको छ। यो मूल्य आइतबारको तुलनामा १ रुपैयाँ १४ पैसाले घटेको छ । आइतबार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रूपैयाँ ६३ पैसा र बिक्रीमूल्य ९० रूपैयाँ ४ पैसामा कारोबार भएको थियो ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको सोमबारको खरिदमूल्य १५७ रूपैयाँ ८२ पैसा र बिक्रीमूल्य १५८ रूपैयाँ ५४ पैसा तोकिएको छ। आइतबार भने बेलायती पाउण्ड स्टर्लिङको खरिदमूल्य १५८ रूपैयाँ ९२ पैसा र बिक्रीदर १५९ रूपैयाँ ६४ पैसा तोकिएको थियो ।
सोमबार क्यानेडियन डलर एकको खरिदमूल्य ९७ रूपैयाँ ६ पैसा र बिक्रीमूल्य ९७ रूपैयाँ ५० पैसामा कारोबार भइरहेको छ।
यस्तै, राष्ट्र बैंकले कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७ पैसा र बिक्रीमा ३६ रूपैयाँ २३ पैसा कायम गरेको छ ।
यता, साउदी अरेबियन, युएई दिराम र मलेसियन रिंगिटको कारोबार स्थिर रहेको छ ।
सोमबार साउदी अरेबियन एकको खरिददर ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३७ पैसा, युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रूपैयाँ १३ पैसा र मलेसियन रिंगिट एकको खरिदमूल्य २९ रूपैयाँ ७८ पैसा र बिक्रीमूल्य २९ रूपैयाँ ९२ पैसा तोकिएको छ।
आइतबार पनि सोही मूल्यमा साउदी अरेबियन, युएई दिराम र मलेसियन रिंगिटको कारोबार भएको थियो
सोमबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ २३ पैसा र बिक्रीमा ४३२ रूपैयाँ १८ पैसा पाइन्छ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ४२ पैसा र बिक्रीदर ३५२ रूपैयाँ २ पैसा तोकिएको छ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया