बिहीबार, चैत १२, २०८२

नेशनल लाईफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानी अब क्यू आर बाट गर्न मिल्ने

मेरोन्यूज २०७९ फागुन १५ गते १७:१६

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकलाई उच्चतम प्रविधिमा आधारित सर्व सुलभ सेवा प्रदान गर्ने उदेश्यले कम्पनीको सबै शाखा मार्फत Fonepay  Network मा आवद्ध वित्तिय संस्था इ सेवा को माध्यामबाट Dynamic QR scan गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीको प्रमुख कार्यकारी अधिकृत श्री सुरेश प्रसाद खत्री र इ सेवा का प्रमुख कार्यकारी अधिकृत श्री जगदिश खड्काको समुपस्थितीमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाजिम्पाट स्थित केन्द्रिय कार्यालयमा एक समारोह बिच सो सेवाको औपचारिक शुरुवात गरिएको हाे ।

यस प्रकारको उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहक वर्गहरुले नगद रहित भुक्तानी गरी लाभ उठाउन सक्ने आपेक्षा गरिएको छ ।

प्रतिक्रिया