कांग्रेसबाट यी नेता छन् मन्त्रीका आकांक्षी
नेतृत्व कसले गर्ने भन्नेमा अन्याैल

काठमाडौँ । प्रतिनिधि सभाको दोस्रो ठूलो दल नेकपा एमालेका ८ मन्त्रीले राजीनामा बुझाएका छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीले छाडेका मन्त्रालय र एमालेले छाडेका मन्त्रालय गरी प्रधानमन्त्री पुष्पकमल दाहालले १६ मन्त्रालय आफैले सम्हालेका छन् ।
अब ती मन्त्रालयमा मन्त्री बनाइहाल्नु पर्ने बाध्यता उनीसामू छ । अहिले प्रधानमन्त्री दाहालसँग गत माघमा रवि लामिछानेको सांसद र मन्त्री पद गएपछि आफैले सम्हालेको गृह मन्त्रालयसहित वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास र कानुन, न्याय तथा संसदीय मामिला,अर्थ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, परराष्ट्र मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रक्षामन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय छन् ।
यी मन्त्रालयमा दैनिक कामकाज चलाउन पनि मन्त्रीले गर्नुपर्ने निर्णय गर्दा दाहाललाई फूर्सद हुँदैन । तसर्थ उनी छिटोभन्दा छिटो कांग्रेस र अन्य दललाई सरकारमा ल्याउन चाहेका छन् ।
अन्य दलमा भन्दा कांग्रेसबाट सरकारमा को को सहभागी हुन्छन् र कसले सरकारको नेतृत्व गर्छ भन्नेमा धेरैको चासो देखिन्छ ।
अहिले कांग्रेसबाट सरकारको नेतृत्वमा उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंह पार्टीको तर्फबाट सरकारको नेतृत्व गरेर जानेमा चर्चामा छ । तर, उपसभापति खड्काले आफू सरकारमा जाने सोँचमा नरहेको र सरकारमा जाने दाबी पनि नभएको सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । खड्काले मन्त्री नहुने भनि २०७२ सालमा प्रतिवद्धता पनि गरेका थिए ।
अब बाँकी सिंह र निधि रहे । तर कांग्रेस नेताहरू डा. शेखर कोइरालाले पनि सरकारमा नेतृत्व गरेर जान सक्ने बताउँछन् । उनले परराष्ट्र मन्त्रालय दाबी गर्छन् । केहीले त डा. आरजु राणा देउवाको नेतृत्वमा पनि कांग्रेस सरकारमा जान सक्ने बताउँछन् । तर, उनी अरु नेताभन्दा जुनियर भएकाले त्यो सम्भावना नभएको भन्नेहरू पनि कांग्रेसमा कमि छैन ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवर्तमान आफू नेतृत्वको सरकारमा मन्त्री भएकाहरूलाई दोहो¥याउने पक्षमा छैनन् । उनी प्रत्यक्षतर्फ निर्वाचित अनुहारलाई प्राथमिकता दिने पक्षमा छन् । त्यति हुँदा देउवा सरकारमा मन्त्री भएका ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, दिलेन्द्र बडु स्वतः बाहिरिने छन् ।
कांग्रेसमा सभापति देउवासँग अहिलेसम्म प्रत्यक्ष निर्वाचितहरू सहमहामन्त्री किशोर सिंह राठोर, नेताहरु प्रदीप पौडेल, एनपी साउद बीरबहादुर बलायर, मोहन बस्नेत, रामहरि खतिवडाले मन्त्रीमा आकांक्षा देखाएका छन् । महिलातर्फ प्रत्यक्ष निर्वाचित एकमात्र सांसद सीता गुरुङ पनि मन्त्री बन्ने लाइनमा छिन् ।
मधेसबाट दिनेश यादव, रमेश रिजाललगायतले आकाक्षा देखाएका छन् ।
संस्थापनइतरबाट उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे, सञ्जय गौतम, डिगबहादुर लिम्बु, रामनाथ अधिकारी, सुनिल शर्मा, दीपक खड्कालगायत सांसद मन्त्रीका आकांक्षी छन् ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
प्रतिक्रिया