बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँड

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि खुला गरेको आइपीओ बाँडफाँड गरेको छ । कम्पनीले सर्वसाधारणमा जारी गरिने कुल कित्ता आइपीओमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा गएका नेपालीमा माघ २२ गतेदेखि फागुन ८ गतेसम्म विक्री गरेको थियो ।
कम्पनीले जारी पूँजी ३ करोड रुपैयाँको ३२ दशमलव ३३ प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।
कुल कित्ता शेयरमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँड गरिएको हो । विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडले दिएको जानकारी अनुसार १० कित्तादेखि एक हजार कित्तासम्म माग गर्ने १५ हजार ९१८ जना आवेदकहरूमध्ये ९७० जनालाई गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको हो ।
कम्पनीले भोलि फागुन १८ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्नेछ ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया