राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा इटालेली प्रशिक्षक एनेस नियुक्त
मेरोन्यूज
२०७९ फागुन १७ गते १९:५८

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालेली प्रशिक्षक भेन रेञ्जो अल्बर्टो एनेसलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आज बसेका बैठकले एनेसलाई नियुक्त गर्ने निर्णय गरेको हो । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामापछि रिक्त रहेको प्रशिक्षक पदमा एनेसलाई नियुक्त गरिएको हो । नवनियुक्त प्रशिक्षक एनेस यसअघि बेलिजको राष्ट्रिय फुटबल टोलिको प्रशिक्षक थिए ।
यसअघि नेपालले घरेलु मैदानमा आयोजना भएको बङ्गलादेश र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलका लागि क्रमशः प्रदीप हुमागाईं र सहिद स्मारक ए डिभिजन लिगको साविकको विजेता मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवाललाई कार्यवाहक प्रशिक्षणको जिम्मेवारी दिएको थियो ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया