बिहीबार, चैत १२, २०८२

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरु

मेरोन्यूज २०७९ फागुन १८ गते १०:३९

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच बुधवारबाट एकीकृत कारोबार सुरु भएको छ । बुधबार काठमाडौंमा एक मर्जर कार्यक्रम गर्दै सिद्धार्थ र प्रिमियर दुई इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

एकीकृत कारोबारको शुभारम्भ बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरे । उनले सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स बीचको एकीकृतको शुभारम्भ गर्दै बीमा कम्पनीले पुँजी मात्र बृद्धि गर्ने भन्दा पनि राम्रो पोलिसी ल्याएर व्यापार गर्न सक्नुपर्ने बताए । पछिल्लो समय भइरहेको इस्योरेन्सहरुको मर्जर स्वतःस्फुर्त भएको उनको भनाइ थियो ।

कम्पनीहरुले नीति निर्देशनमा बसेर बिजनेस गर्न सक्नुपर्ने बताउँदै उनले बीमा कम्पनीको लोगो परिवर्तन गरेर, पुँजी बढाएर मात्रै बीमा प्रतिको विश्वास बढ्न नसक्ने बताए । पूँजी अनुसारको व्यवसाय गरे, बजारमा सकारात्मक इमेज राख्नसके, बीमा दाबी भुक्तानी समयमा दिनसकेमात्रै बीमाप्रतिको विश्वास बढ्ने दाबी उनको थियो ।

बीमा कम्पनीले समयमा दाबी भुक्तानी नगरे ग्राहकले बीमाप्रति नकारात्मक धारणा बनाउने बताउँदै अध्यक्ष सिलवालले बीमा कम्पनीहरु काठमाडौं केन्द्रित भएको बताउँदै अब काठमाडौंबाहिर पनि कम्पनीहरुले बीमा गर्नुपर्ने बताए । कम्पनीका कर्मचारीलाई बिजनेस गर्न र दाबी परेपछि तिर्न पनि सिकाउनुपर्ने उनले बताए ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले दुई इन्स्योरेन्सको अनुभव र क्षमताले नेपालको बीमा क्षेत्रमा अतुलनिय योगदान पु¥याउने विश्वास लिएको बताए । उनले ग्राहकहरुलाई गुणस्तरीय बीमा सेवा दिने मर्जरको एक मात्रै उद्धेश्य रहेको बताए ।

प्रतिक्रिया