रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम मोडल रियलमी १० नेपालमा

काठमाडौँ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो १० नम्बर सिरिजको दोश्रो मोडल रियलमी १० नेपाली बजारमा सार्वजनिक गरेको छ ।
बजारमा अहिले यो मुल्यमा उपलब्ध फोनहरु मध्य यो मात्र यस्तो फोन हो जसमा मेडियाटेक हेलियो जी ९९ प्रोसेसर र ९० हर्जको एमोलेड डिस्प्लेको कम्बो रहेको छ, त्यसैले यसलाई कम्पनीले पावर किङको रुपमा प्रस्तुत गरेको छ ।
नेपाली बजारमा अहिले यो ८ जिबी ¥याम र १२८ जिबि रोमको स्टोरेज अप्सनमा उपलब्ध रहेको छ भने मुल्य रु.२९,९९९ रहेको छ ।
सेग्मेन्टकै एक मात्र ९० हर्ज एमोलेड डिस्प्ले र मेडियाटेक जी ९९ चिपसेटको कम्बो
बजारमा यहि मुल्यका फोनहरुमा कि त एलसिडि अथवा पुरानै स्न्यापड्रागन ६८० चिपसेट प्रयोग गरिएको हुन्छ तर रियलमी १० मात्र एउटा यस्तो मोडल हो जुनमा ९० हर्जको एमोलेड डिस्प्ले र मेडियाटेक जी ९९ चिपसेट प्रयोग गरिएको छ ।
जसको मतलब हुन्छ फोन चलाउँदा भिजुअल एक्स्पिरियन्स अझ राम्रो हुन्छ किनकी रंगहरु प्रष्ट हुन्छन् र औँलाको दागहरु धेरै बस्दैनन् । कर्निङ गोरिल्ला ग्लास ५ डिस्प्ले भएको यस रियलमी १० मा १००० निट्सको ब्राइट्नेस भएकोले दिउँसो पनि राम्रोसँग स्क्रिन देखिन्छ ।
यो भन्दा अगाडिको मोडल रियलमी ९ मा भन्दा रियलमी १० मा रहेको प्रोसेसर (एसओसि) को पावर पर्फर्मेन्स ४०% ले बढी छ जसले गर्दा फोन चलाउँदा ल्यागिङ कम र सिस्टम पर्फर्मेन्स स्मुथ हुन्छ ।
त्यस्तै यसमा रहेको सिक्स एनएम टेक्नोलोजीले गर्दा सिपियु पर्फर्मेन्स २५%ले, जिपियु पर्फर्मेन्स ७८% ले बढाउनुको साथै समग्र पावर खपत चाँही २०% ले घटाएको छ । त्यस्तै यसको एनटुटु बेन्चमार्क स्कोर ४०००८४ रहेको छ जुन अहिले बजारमा उपलब्ध जी९९ पावर्ड स्मार्टफोनहरु मध्य सबैभन्दा धेरै हो ।
बजेट फोनमा उत्कृष्ट गेमिङ एक्स्पिरियन्स लिन चाहने उपभोक्ताहरुको लागि त यो फोन अत्यन्तै उपयुक्त रहेको छ । यसमा ब्यालेन्स्ड मोडमा ४० एफपिएसमा पबजी खेल्न मिल्छ ।
१६ जिबिको ठुलो डाइनामिक रयाम
सिस्टम एक्स्पिरियन्सलाई अझै स्मुथ बनाउन यसमा ८ जिबिको ¥याम र १२८ जिबिको रोम प्रदान गरिएको छ जसमा ३२००० सम्म फोटोहरु स्टोर गर्न मिल्छ भने यसको स्टोरज अझै १ टिबिसम्म बढाउन मिल्छ ।

यो मुल्यमा उपलब्ध हुने प्राय फोनहरुमा इएमएमसि ¥याम राखिएको हुन्छ तर रियलमी १० मा LPDDR4X ¥याम राखिएको छ जसले अझ छिटो र स्मुथ तरिकाले एपहरु स्विच गर्न र फाइलहरु रिड र राइट गर्न सकिन्छ । त्यस्तै गेमिङको लागि पनि अझै स्टेबल फ्रेम्र रेट हुन्छ । त्यस्तै रियलमी १० मा ८ जिबि सम्मको भर्चुअल ¥याम राखिएको छ जसले गर्दा ¥यामको स्टोरेज १६ जिबि सम्म बढाउन मिल्छ । यसले गर्दा १८ वटासम्म एपहरु स्ट्यान्ड बाइ मोडमा चलाउन सकिन्छ जसले गर्दा प्रयोगकर्ताहरुले आफ्नो फेभरेट एपहरु स्मुथ तरिकाले न्याभिगेट गर्न सक्छन् ।
रेटिङको कुरा गर्नुपर्दा रियलमी १० ले TÜV SÜD 36– मन्थ फ्लुएन्सी रेटिङमा ए पाएको छ जुन यो स्ट्यान्डर्डको फोनहरुमा सबैभन्दा धेरै हो । र यसको कारण हो – यसको पावरफुल चिपसेट र स्टोरेज सपोर्ट । प्रयोगकर्ताहरुले सकेसम्म स्मुथ तरिकाले फोन चलाउन पाउन् भनेर यो फोनमा एजिङ प्रोसेस, रिपिटेड एप लन्च र फाइल लोडिङ टेस्ट जस्ता अन्य धेरै टेस्टहरु गरिएको छ ।
स्लिम बडीमा पावरफुल ब्याट्रि
रियलमी १० मा ५००० एमएएचको शक्तिशाली ब्याट्रि भएकोले गर्दा दिनभरी नै आरामसँग फोन चलाउन सकिन्छ भने ३३ वाटको फास्ट चार्जिङ रहेकोले २८ मिनेटमै ब्याट्रि ०% बाट ५०% सम्म चार्ज हुन्छ ।
र सबैभन्दा महत्त्वपूर्ण कुरा त के छ भने एकदमै शक्तिशाली ब्याट्रि जडान गरिएको भए तापनि यो मोडल अहिलेसम्म रियलमीले निकालेको सबैभन्दा स्लिम सेट हो । त्यस्तै यसको वजन रहेको छ १७८ ग्राम, जुन अत्यन्तै हलुका हो । यस्तो हलुका भएकोले गर्दा दिनभरी गेम खेल्दा अथवा अन्य कुनै कामको लागि फोन प्रयोग गर्दा पनि हातमा दबाव महसुस हुँदैन ।
पावर मिट्स स्टाइल : लाइट पार्टिकल डिजाइन
स्टाइल त रियलमी फोनहरुको अभिन्न अंग नै हो । प्रकाशको गतीमा चल्ने लाइट पार्टिकलहरुबाट प्रेरित भएर रियलमी फोनहरुको डिजाइनमा पनि लाइट पार्टिकल नै फिचर गरिएको छ । रियलमी १० मा ६ लेयरको एउटा विशेष किसिमको कोटिङ गरिएको छ जसले गर्दा स्टनिङ ग्लसी फिनिश र घम् टेक्स्चर त आइ नै हाल्छ, साथै फिङरप्रिन्टहरु पनि कम देखिन्छन् ।
५० एमपिको कलर एआइ क्यामरा र १६ एमपिको सेल्फी क्यामरा
रियलमी १० मा ५० एमपिको मुख्य क्यामरा र १६ एमपिको सेल्फी क्यामरा राखिएको छ । जुन यो मुल्यमा उपलब्ध हुने फोनहरुमा पाइने मध्य सबैभन्दा धेरै हो । त्यस्तै यसको मुख्य क्यामरामा भएको ५० मिलियन पिक्सेलको सामसँग जेएन१ सेन्सरले गर्दा फोटोहरु असाध्यै उत्कृष्ट आउँछन् ।
त्यस्तै प्रो–लाइट टेक्नोलोजी युक्त नाइट मोडबाट धेरै नोइज हटाएर फोटो खिच्न सकिन्छ भने प्रोसेसर पर्फर्मेन्सले गर्दा शटर स्पिड पनि १२१% ले सुधारिएको छ ।
हाइ रेजोल्युसन सेल्फी क्यामरा र इन्ह्यान्स्ड नाइट शट युक्त यस रियलमीमा भएको स्ट्रिट फोटोग्राफी मोड २.० मा म्यानुअल्ली नै फोकस जोन कन्ट्रोल गर्न मिल्छ भने जुम इन र जुम आउट पनि आरामसँग गर्न मिल्छ ।
उपभोक्ता केन्द्रित फिचरहरु
यो भन्दा अगाडिका मोडलहरुमा ३.५ एमएमको हेडफोन ज्याक र २००% अल्ट्रा बुम स्पिकर राखिएको थियो जुन उपभोक्ताहरुले एकदमै मन पराएका थिए । त्यही कारणले रियलमी १० मा पनि यी दुईवटै फिचरहरु समावेश गरिएका छन् । अल्ट्रा बुम् स्पिकर मार्फत उपभोक्ताहरुले पार्टी अथवा अन्य कुनै रमाइला पलहरुमा बस्टेड भोल्युममा हाइ रेजोल्युसन साउन्डको मजा लिन सक्नेछन् ।
आकर्षक क्ल्याश व्हाइट र रस ब्ल्याक रंगमा नेपाली बजारमा अहिले रियलमी १० को स्टोरेज ८ जिबी ¥याम र १२८ जिबि रोम रहेको छ भने मुल्य २९,९९९ रहेको छ ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
अझै फर्किएनन् १२४ कैदीबन्दी
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
प्रतिक्रिया