ठमेलमा युगाण्डाकी महिलालाई वेश्यावृत्ति गर्न लगाउने महिला पक्राउ
काठमाडौँ । पर्यटक भिसामा नेपाल आएर ठमेलस्थित होटलमा बस्दै आएकी युगाण्डाकी महिलालाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका २९ ठमेलबाट एक जना पक्राउ परेकी छन् ।
ठमेलको होटेल जर्नी होममा बस्ने युगाण्डा मासाका घर भएकी २५ वर्षीया महिलालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उनले नेपालमा क्लीनर, वेट्रेस लगायतको काममा मासिक पाँच सय अमेरिकी डलर कमाई हुने तथा नेपाल आउने जाने हवाई टिकट, भिषालगायतको खर्चसमेत कमाएर तिर्ने शर्तमा पीडितलाई नेपालमा बोलाई विभिन्न व्यक्तिसँग शारीरिक सम्पर्क गर्नु पर्ने नत्र पीडितको परिवारलाई मारीदिने धम्की दिँदै आएकी थिइन् ।
पीडित महिला बिरामी भई काम गर्न नसक्ने अवस्था भएपछि होटलबाट निकालेको र युगाण्डा फर्कन लागेकी पीडितलाई टिकट रद्द गरी दिएको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अभियुक्त आफै यौन व्यवसायमा संलग्न हुँदै आएको, पीडित लगायत अन्य युगाण्डाका महिलाहरुलाई समेत नेपाल झिकाई यौन कार्यमा लगाउने गरेको, ठमेलका विभिन्न नाइट क्लबमा गई ग्राहकहरु खोजी ल्याउने र पीडितलाई बेश्यावृत्तिमा लगाई ग्राहकबाट प्राप्त रकमसमेत आफैले लिने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया