नेपाल आयुर्वेदका लागि उचित गन्तव्यस्थल हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आयुर्वेदका लागि उचित गन्तव्यस्थल भएको बताएका छन् ।
शुक्रबारबाट काठमाडौंमा सुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आयुर्वेदलाई प्राथमिकतामा राखेर अघि बढ्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए ।
‘आयुर्वेदलाई प्राथमिकताका साथ राखी अघि बढ्न नेपाल सरकार प्रतिबद्ध छ । नेपाल आयुर्वेद क्षेत्रको प्राकृतिक भूमि हो । नेपालमा विभिन्न प्रकारका प्राकृतिक औषधिहरु पाइन्छन्, यार्सागुम्बा, अमला, लगायतका विभिन्न अमूल्य जडिबुटीहरु पनि यहाँ पाइन्छ,’ प्रधानमन्त्रीले भने ।
उनले सिंहदरबारस्थित वैद्यखानाबाट आयुर्वेदलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताए । आयुर्वेद अस्पतालका लागि औषधिहरुको मुख्य थलोको रुपमा नेपाललाई भारतले राखेको भन्दै प्रधानमन्त्री दाहालले यसलाई अझै प्रचारप्रसार गर्न आवश्यक रहेको बताए ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण प्राकृतिक रुपमै आयुर्वेदका लागि उपयुक्त गन्तव्यस्थल नेपालमा विभिन्नखाले समस्याहरु परिरहेको प्रधानमन्त्री दाहालले बताए ।

















वैशाख वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
प्रतिक्रिया