मेस्सीलाई बन्दुकधारीकाे धम्की, ससुरालीको सुपरमार्केटमा गोली प्रहार

अर्जेन्टिना फुटबलका सुपरस्टार लियोनल मेस्सीलाई धम्की दिँदै बन्दुकधारीले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली चलाएका छन् ।
विदेशी सञ्चार माध्यमका अनुसार मेस्सीको ससुरालीको सुपरमार्केटमा अन्दाधुन्द गोली चलाएपछि उनलाई धम्की दिँदै बन्दुकधारीले लिखित सन्देश छोडेका छन् ।
प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुई व्यक्तिले सुपरमार्केटमा बिहानै कम्तिमा एक दर्जन गोली प्रहार गरे र कार्बोर्डमा एक सन्देश लेखेर टाँसेका छन् । उक्त सन्देशमा भनिएकाे छ, ‘मेस्सी, हामी तिमिलाई पर्खिरहेका छौं। जाभकिन पनि लागूऔषध तस्कर हो, उसले तिम्रो मतलब गर्दैन।’
मेस्सीले भने यसबारे अहिले सम्म केहि भनेका छैनन् ।
रोजारियो सहरका मेयर पाब्लो जाभकिन उक्त सुपरमार्केटमा गएर पनि लागुऔषध सम्बन्धी हिंसामा भएको बृद्धिलाई रोक्न असफल भएको भन्दै संघीय अधिकारीहरूको आलोचना गरेका छन्।
एजेन्सी
















कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न प्रदेश सरकारको आग्रह
प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया