तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया
मेरोन्यूज
२०७९ फागुन २० गते ८:५४

काठमाडौं । ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ ।
अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबास गर्दै आउनुभएकी रीता शेर्पाको ३० किलोग्राम बढी तौलको ट्युमरको सफल शल्यक्रिया गरेको जानकारी दिएको हो । अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले आर्थिकरूपमा कमजोर शेर्पाको निःशुल्क शल्यक्रिया गरेर नयाँ जीवन प्रदान गरिएको जानकारी दिए।
ग्रीनसिटी अस्पतालले शेर्पा जस्ता जटिल प्रकृतिका रोगको शल्यक्रिया निःशुल्क गर्दै आएको अध्यक्ष टण्डनले बताउनुभयो । शेर्पाको शल्यक्रिया गर्ने डा रुपा झाले बिरामीको तत्काल शल्यक्रिया गर्दा स्वास्थ्यमा अन्य धेरै समस्या आउन सक्ने सम्भावनालाई ख्याल गरी अन्य विभिन्न जाँच गरी शल्यक्रिया सफलतापूर्वक गर्न सफल भएको बताए।
सम्बन्धित
















सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
प्रतिक्रिया