पठानले तोड्यो बाहुबली २ को रेकर्ड

काठमाडौँ । अभिनेता शाहरुख खानले फिल्म ‘पठान’मार्फत आफू बलिउडको ‘किङ’ हो भन्ने कुराको पुष्टि गरेका छन् ।
शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्मले अर्का अभिनेता प्रभासको फिल्म ‘बाहुबली २’को रेकर्ड तोडिदिएका छन् । यो कुराको जानकारी ‘पठान’का निर्देशक सिद्धार्थ आनन्दले ट्वीटमार्फत दिएका छन् ।
‘पठानले बाहुबली २ को हिन्दी संस्करणको लाइफ टाइम कलेक्सन तोडेको छ । मेरो लागि यो गर्वको अवस्था हो । एकपटक पुनः दर्शकलाई दिन चाहन्छु, जसले यति धेरै माया दिए’, उनले ट्वीटेका छन् ।
प्रभास, राणा दग्गुबाती, अनुष्का शेट्टी र राम्या कृष्णनन स्टारर फिल्म ‘बाहुबली २’को हिन्दी भर्सनले बक्स अफिसमा करिब पाँच सय ११ करोड कमाई गरेको थियो । ‘पठान’ले रिलिजको ३८ औँ दिनमा बक्स अफिसमा ७० लाख रुपैयाँ कमाएको थियो ।
व्यापार विश्लेषक तरण आदर्शका अनुसार पठानले हालसम्म बक्स अफिसमा पाँच सय १० दशमलब ६५ करोड रुपैयाँ कमाइसकेको छ । निर्देशक सिद्धार्थले भने फिल्मले पाँच सय ११ करोड रुपैयाँको आँकडा पार गरिसकेको दाबी गरेका छन् ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया