पठानले तोड्यो बाहुबली २ को रेकर्ड

काठमाडौँ । अभिनेता शाहरुख खानले फिल्म ‘पठान’मार्फत आफू बलिउडको ‘किङ’ हो भन्ने कुराको पुष्टि गरेका छन् ।
शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्मले अर्का अभिनेता प्रभासको फिल्म ‘बाहुबली २’को रेकर्ड तोडिदिएका छन् । यो कुराको जानकारी ‘पठान’का निर्देशक सिद्धार्थ आनन्दले ट्वीटमार्फत दिएका छन् ।
‘पठानले बाहुबली २ को हिन्दी संस्करणको लाइफ टाइम कलेक्सन तोडेको छ । मेरो लागि यो गर्वको अवस्था हो । एकपटक पुनः दर्शकलाई दिन चाहन्छु, जसले यति धेरै माया दिए’, उनले ट्वीटेका छन् ।
प्रभास, राणा दग्गुबाती, अनुष्का शेट्टी र राम्या कृष्णनन स्टारर फिल्म ‘बाहुबली २’को हिन्दी भर्सनले बक्स अफिसमा करिब पाँच सय ११ करोड कमाई गरेको थियो । ‘पठान’ले रिलिजको ३८ औँ दिनमा बक्स अफिसमा ७० लाख रुपैयाँ कमाएको थियो ।
व्यापार विश्लेषक तरण आदर्शका अनुसार पठानले हालसम्म बक्स अफिसमा पाँच सय १० दशमलब ६५ करोड रुपैयाँ कमाइसकेको छ । निर्देशक सिद्धार्थले भने फिल्मले पाँच सय ११ करोड रुपैयाँको आँकडा पार गरिसकेको दाबी गरेका छन् ।









पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयतमा समस्या
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ
निर्वाचनका लागि दलहरूले निवेदन दिने क्रम जारी
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
सुरु भयो क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माण
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया