एकै दिन देशभर सात जनाको शव फेला
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर सात जनाको शव फेला परेको छ । प्रहरीका अनुसार देशका विभिन्न जिल्लाहरूका सात जनाको शव फेला परेको हो ।
सल्यान शारदा नगरपालिका १ श्रीनगरस्थित सुके खोलाको छेउमा सोही ठाउँ बस्ने ५५ वर्षीय यज्ञ बहादुर राईको शव फेला परेको प्रहरीले जनाएको छ । यस्तै, धनकुटा महालक्ष्मी नगरपालिका ४ जिमीगाउँ बस्ने ३५ वर्षीया चन्द्रमाया मगर शव फेला परेको हो ।
संखुवासभा खाँदबारी नगरपालिका ९ तुम्लिङटार डेरा गरी बस्ने भोजपुर षडानन्द नगरपालिका १० घर भएकी ३७ वर्षीया सम्झना राईको शव फेला परेको छ । सोही जिल्लाको पाँचखपन नगरपालिका २ रिठ्ठे याङ्मा दोभान बस्ने ६६ वर्षीय वीर बहादुर भन्ने मणि कुमार राई सोही ठाउँस्थित बगरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सर्लाहीको हरिवन नगरपालिका १० धरहरा बजारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष गएराति मृत अवस्थामा फेला परेका छन् भने काठमाडौँ महानगर ८ पशुपतिस्थित दक्षिणा मूर्ती नजिकै हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै, पर्वतको कुश्मा नगरपालिका १ मालढुङगास्थित कालीगण्डकी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया