फेसबुक रिल्समा अब ९० सेकेन्डसम्मको भिडिओ राख्न सकिने
मेरोन्यूज
२०७९ फागुन २१ गते १४:५०

फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि नयाँ ‘क्रिएटिभ एक्सप्रेशन’ फिचर ल्याएको छ । अब फेसबुक प्रयोगकर्ताले ९० सेकेन्डको रिल बनाउन सक्नेछन्, यसअघि ६० सेकेण्डको सीमा थियो ।
साथै, प्रयोगकर्ताहरूले इन्स्टाग्राम जस्तै आफ्नो ‘मेमोरिज’ को सजिलै ‘रेडीमेड’ रिलहरू सिर्जना गर्न सक्छन्। फेसबुकको मूल कम्पनी मेटाले मेटा फर क्रिएटर्स अकाउन्टबाट फेसबुकमा यो फिचरकाे घोषणा गरेको हो।
एजेन्सीका अनुसार मेटाले फेसबुकमा नयाँ ग्रोभ फिचर पनि लन्च गरेको छ । यो सुविधाले प्रयोगकर्ताको भिडियोमा भएको गतिलाई गीतको तालमा स्वतः सिङ्क गर्छ। नयाँ टेम्प्लेट उपकरणले प्रयोगकर्ताहरूलाई ट्रेन्डिङ टेम्प्लेटहरूसँग सजिलैसँग रिलहरू सिर्जना गर्न दिन्छ। मेटाले गत वर्ष फेसबुकको लागि रिल क्रिएटर सुविधा ल्याएकाे थियाे।
एजेन्सी
सम्बन्धित
















पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
सुदूरपश्चिममा कुष्ठरोगको समस्या यथावत
सेयर बजारमा सामान्य अंकको सुधार
कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया