आइसीसी लिग–२ः पपुवा न्युगिनीद्वारा युएई पराजित

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी नेपाल, युएई र पपुवा न्युगिनी सम्मिलित विश्वकप क्रिकेट लिग–२ शृङ्खलाअन्तर्गत आजको खेलमा पपुवा न्युगिनी विजयी भएको छ ।
शृङ्खलाको आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनीले युएईलाई पाँच विकेटले पराजित गरेको हो । पपुवा न्युगिनीसित युएई घरेलु मैदानमा लगातार दोस्रो खेलमा पराजित भएको हो । टस जितेर पपुवा न्युगिनीले फिल्डिङ रोजेको थियो । निर्धारित ५० ओभरको खेलमा युएईले २६ दशमलव दुई ओभरमा आफ्ना सवै विकेट गुमाएर मात्र ९७ रन बनायो । यस्तै ९८ रनको विजय लक्ष्य पपुवा न्युगिनीले २६ दशमलव पाँच ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो ।
पपुवा न्युगिनीका लागि प्रारम्भिक ब्याटर टोनी उराले अविजित ३५, सेसे बाउले १८ र हिरीहिरीले १४ रन बनाए । बलिङतर्फ युएईका रोहन मुस्तफाले दुई विकेट लिए ।
यसअघि ब्याटिङ गर्ने क्रममा युएईका भृत्य अरविन्दले २६, मुहमद वसिमले १९, आशिफ खानले ११ तथा चुनदाङ्गापोयल रिजवानले १० रन बनाए । बलिङतर्फ पपुवा न्युगिनीका रिले हेकुरेले पाँच, चाड सोपरले तीन तथा चाल्र्स अमिनीले एक विकेट लिए ।
युएईले हालसम्म खेलेका ३१ खेलबाट ३१ अङ्क जोडेको छ । युएई लिगको पाँचौँ स्थानमा कायमै छ । नेपाल लिगको छैटौँ स्थानमा छ । नेपालले ३१ खेलबाट ३० अङ्क जोडेको छ । पपुवा न्युगिनीले ३२ खेलबाट मात्र नौ अङ्क जोडेको छ । पपुवा न्युगिनी लिगको पुछारमा छ । शृङ्खलाको अन्तिम खेलमा सोमबार नेपाल र युएईबीच प्रतिस्पर्धा हुनेछ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया