नेपालले गुमायो तेस्रो विकेट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले तेस्रो विकेट गुमाएको छ । एघारौ ओभरको दोस्रो बलमा क्याप्टेन रोहित पौडेल आउट भएका छन् । उनी ५ बल खेलेर १ रन बनाएर आउट भएका हुन् ।
नेपालले १३ ओभर सकिँदासम्म ५० रन बनाएको छ ।
आठौँ ओभरको अन्तिम बलमा ज्ञानेन्द्र मल्ल आउट भएका छन् । दोस्रो विके६ जाने बेलासम्म नेपालले ३४ रन बनाएको छ । मल्लले २६ बल खेलेर ११ रन बनाए । यसअघि चौँथो ओभरको दोस्रो बलमा ओपनर आरिफ शेख आउट भएका छन् ।
उनी १४ बलमा ६ रन बनाएर आउट भएका हुन् । नेपालले विकेट गुम्ने बेलासम्म १४ रन बनाएको छ ।
युएईका लागि दुवै विकेट जानियद सिद्दिकीले लिएका छन् ।
यूएईमा जारी शृङ्खलाको अन्तिम खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
खेल दुबई इन्टरनेशनल स्टेडियममा पौने १२ बजेबाट सुरु खेलमा एक जना सदस्य परिवर्तन गरिएको छ । घाइते हुँदै टिम बाहिर रहेका ओपनर कुशल भुर्तेलको स्थानमा युवा फास्ट बलर प्रतिश जिसीलाई ल्याइएको छ ।
प्रतिशले शृङ्खलाको पहिलो खेलमा पुवा न्युगिनीविरुद्ध खेल्दै ओडीआईमा डेब्यु गरेका थिए ।
लिग टुको शीर्ष तीनमा नेपाल र यूएई दुवैलाई आजको खेल महत्वपूर्ण छ । नेपालले शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्नेछ ।
यदि आजको खेलमा पराजित भए नेपाल शीर्ष तीनमा पुग्ने छैन ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया