दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु
धनगढी । दार्चुलामा जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकी भारतको पिथौरागढ जिल्लाको धार्चुला सिमखोलाकी ६० वर्षीया कालीदेवी नेगीको जिल्ला अस्पताल दार्चुलामा उपचारका मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अन्य तीन जनालाई उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेयले बताए ।
आज बिहान मधेस प्रदेश ०३-००-०३४० नम्बरको जिप महाकाली नगरपालिका ४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा खसेको थियो । उनीहरू डुङरी मन्दिरमा पूजापाठ गर्न आएको बुझिएको छ ।
जिप दुर्घटनामा महाकाली नगरपालिका–२ बुढिचौराका २४ वर्षीय जिप चालक मोहनसिंह लोथ्याल, भारतीय नागरिक ७ वर्षीया विमलादेवी नेगी, ५५ वर्षीय मख्खनराम नेगी, ६ वर्षीया किरणकुमारी आग्री, ३८ वर्षीय शान्तिदेवी नेगी, वर्ष ४७ का दिवान आग्री, ७ वर्षीय जोतविरसिंह कुवँर, २७ वर्षीया अन्जुदेवी कुवँर र ५ वर्षीय गुरुजोत सरदार घाइते भएका छन् ।
मख्खनराम नेगी, किरण कुमारी आग्री र ७ वर्षीया बालिका विमलादेवी नेगीलाई थप उपचारको लागि भारतको पिथौरागढ रेफर गरिएको छ । अन्य घाइतेहरूको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । जिपमा चालकसहित १० जना सवार रहेका थिए ।
















बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एक महिनामा भित्रिए ९२ हजार पर्यटक
युएईले दियो २६७ नेपालीलाई आममाफी
युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया