नारी दिवसमा जीवन रक्षाका लागि क्यान्सर पीडित कान्छी प्राध्यापकको अपिल

काठमाडौं / अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर एक जना प्राध्यापकले जीवन रक्षाका लागि सार्वजनिक अपिल गरेकी छन्।
स्तन, डिम्बाशय, पेट, कलेजो र फोक्सोको क्यान्सरलाई पछार्न सात वर्षदेखि उदाहरणीय आत्मबल र आफ्नै मिहिनेतको खर्चमा उपचाररत प्रा. डा. उर्मिला प्याकुरेलले अबको उपचार भने धान्न नसक्ने जनाउँदै सहयोगको अपिल गरेकी हुन्।
उनी क्यान्सर लागेकै अवस्थामा अध्ययन अनुसन्धानलाई अगाडि बढाएर ३५ वर्षको उमेरमा विद्यावारिधि (पिएचडी) सकी ४१ वर्षको उमेरमा गत वर्ष त्रिभुवन विश्वविद्यालयको केन्द्रीय गणित विभागमा सबैभन्दा कान्छी उमेरकी प्राध्यापक बनेकी हुन्। ४२ वर्षीया प्याकुरेलले हालसम्मको उपचार खर्च अनुसन्धानबाटै जुटाएको बताइन्।
सिन्धुपाल्चोक जिल्लाको कालिका गाउँकी सामान्य किसान परिवारकी प्राध्यापक प्याकुरेलले नेपाल र जर्मनीमा गरी हालसम्म उपचारमा साढे चार करोड रुपियाँभन्दा बढी खर्च भएको बताइन्। तर, पनि पूर्णरुपले क्यान्सर ठिक नभएको र अबको अन्तिम विकल्प इम्युनोथेरापी गर्नुपर्ने चिकित्सकको सुझाव अनुसार उक्त उपचार थालेको बताइन्। उनले ६४ चरणको किमोथेरापी, रेडियो थेरापीलगायतका उपचार गरिसकेकी छन्।
उक्त उपचार कम्तीमा पनि एक वर्षसम्म गर्नुपर्ने र एक चरणको उपचारका लागि २१ दिनमा करिव चार लाख रुपियाँ लाग्ने र अहिले अनुसन्धानका लागि फेलोसिपसमेत आफूले नपाएकाले भरसक अरुको सहयोग नलिने चाहना हुँदाहुँदै पनि बाध्य भएर सहयोगको याचना गर्नुपरेको बताइन्। प्याकुरेलले महिलामा मात्र लाग्ने र निको हुने स्तन र पाठेघर तथा डिम्बाशयको क्यान्सरको पनि सुलभ उपचार नभएको गुनासो गरिन्।
उनले धेरै नेपाली युवा देश छाडेर पलायन भएको अवस्थामा देशभित्रै रहेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिन स्वदेशमा नै काम गर्ने निर्णयमा आफू पुगेको बताइन्। उनको अनुसन्धान गणितको व्यावहारिक प्रयोगबाट नेपालमा बढ्दो ट्राफिक समस्या समाधानमा केन्द्रित छ। उनी मधुश्री नामबाट साहित्य रचना पनि गर्छिन्।
उनको विद्यावारिधिका निर्देशक त्रिवि गणित केन्द्रीय विभागका अध्यक्ष प्रा. डा. टङ्कनाथ धमलाले प्रा. डा. प्याकुरेल एक उत्कृष्ट अनुसन्धाता रहेको र उनका कृति र अन्तर्राष्ट्रिय सञ्जाल निकै सफल रहेको बताइन्।
विद्यार्थीलाई सिकाउन र सधैँ अनुसन्धान गरी नयाँ कुरा पत्ता लगाउन उत्सुक र सक्षम रहने प्रा. प्याकुरेल अहिले पनि छ जना विद्यावारिधि र अरु स्नातकोत्तर तहका अनुसन्धानकर्ताहरूको शोध निर्देशक छिन्।
प्रा. डा धमलाले लागनशीलतामा अथक र नयाँ नयाँ अवधारणकी धनी प्रा. प्याकुरेल लामो समयदेखि उपचारमा रहँदा पनि निडर, साहसी, आत्मविश्वासी युवा वैज्ञानिक रहेको भन्दै सहयोगका लागि अनुरोध पनि गरेका छन्।
त्यस्तै, तीन वर्षदेखि प्रा प्याकुरेलको उपचारमा संलग्न प्रा. डा. राजेन्द्र बरालले प्याकुरेललाई आत्मविश्वास र उपचारले बचाएको उल्लेख गरे। अहिलेको उपचार भने उनको अन्तिम विकल्प रहेको र त्यो निकै महँगो भएकाले उनलाई सहयोग गर्नेले पुण्य प्राप्त गर्ने बताए। प्याकुरेल जस्तो व्यक्तित्व नेपालका लागि सहास र प्रेरणको स्रोत रहेको डा. बरालले बताए।
डा. प्याकुरेलका भाइ राजेन्द्र प्याकुरेलले ‘निम्नवर्गीय परिवारको सदस्य भएर पनि दिदीले सानो उमेरमा नै शैक्षिक क्षेत्रमा उच्चतम सफलता प्राप्त गरेको र उनी परिवारको मात्र नभएर राष्ट्रकै गौरव’ भएको बताए।
सात वर्षदेखि क्यान्सरलाई जितिरहेकी उनलाई डाक्टरको सल्लाह अनुसार अब अन्तिम विकल्प इम्युनोथेरापीमात्र रहेको तर त्यो अत्यन्त महँगो भएकाले आफूहरू आर्थिक अवस्थाले निरीह बनेको बताए। त्यसैले शुभचिन्तक र सहयोगी मनहरूमा यस दुःखमा साथ र सहयोगका लागि याचना गर्न बाध्य भएको उनले बताए। सहयोगीहरूले उनलाई बैंक खातामा वा क्युआर कोडमार्फत रकम पठाइ सहयोग गर्न सक्ने छन्।
AC no: 01715162721
AC holder’s name: Urmila Pyakurel
Bank name: Siddhartha Bank Limited, Tinkune Branch, Kathmandu, Nepal
Mobile No: 9841049688
Swift code: SIDDNPKAXXX

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया