लिग २ मा नेपाल र पीएनजीबीचको खेल सुरु, नेपालले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अन्तिम त्रिकोणात्मक शृंखलाको पहिलो खेल सुरु भएको छ । पहिलो खेलमा नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच टियू मैदान कीर्तिपुरमा खेल सुरु भएको हो ।
टस हारेपछि नेपालले पिएनजीविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ ।
यसअघि यूएई शृङ्खलामा चोटका कारण सबै खेल खेल्न नपाएका कुशल भुर्तेल आज प्लेइङ सेटमा छन् । यूएईबाटै ओडीआईमा डेब्यु गरेका प्रतिश जिसीलाई बेञ्चमा राखिएको छ । युएईमा भएका दुई खेलमा नेपालले पिएनजीलाई पराजित गरेको थियो ।
यसअघि टियू मैदानमा शृङ्खला क्लिन स्वीप गरेको नेपाली टोली यसपटक पनि दोहोर्याउन चाहन्छ । यो शृङ्खलाका चार खेल जिते नेपालले शीर्ष तीनमा रहेर वर्डकप क्वालिफायर खेल्न पाउने छ । शृङ्खलामा नेपालले पीएनजी र यूएईसँग दुई–दुई खेल खेल्नेछ ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपालको प्लेइङ ११मा आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, भीम शार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन् ।
















पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया