पिएनजीलाई नेपालले दियो २९८ रनको लक्ष

काठमाडौँ । नेपालले क्रिकेट विश्वकप लिग–२ मा पपुवा न्यु गिनीलाई २ सय ९८ रनको लक्ष्य दिएको छ । टस हारेपछि ब्याटिङमा आएको नेपाल ४९.१ ओभरमा २ सय ९७ रनमा अलआउट भयो ।
यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको उच्च स्कोर हो । तीन साता अघि नामिबियाविरुद्ध लिग २ कै खेलमा नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २ सय ८७ रन बनाउदै विजय लक्ष्य पुरा गरेको थियो, जुन यसअघि एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको उच्च स्कोर थियो ।
नेपालका लागि आसिफले १ सय १० रन बनाए । १ सय १ बलमा शतक पुरा गरेका आसिफले कुल १ सय १० बल खेली १२ चौका र १० छक्का प्रहार गरे । आसिफ नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने पाँचौं खेलाडी हुन् ।
यसअघि नेपालबाट पारस खड्का, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका थिए ।
आसिफ र कुशल भुर्तेलसँग पहिलो विकेटमा १ सय १० रनको साझेदारी गरी नेपाललाई सानदार सुरुआत दिलाए । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली ओपनिङ जोडिको यो दोस्रो ठुलो साझेदारी हो ।
यी दुईले नै गत वर्ष अमेरिकाको हृयुस्टनमा ओमानविरुद्ध १ सय १४ रनको साझेदारी गरेका थिए ।
















सशस्त्रका नयाँ आईजीपी पौडेलले लाए दर्ज्यानी चिह्न
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
होर्मुजमा जहाज आवागमन सहज बनाउन अमेरिकाले प्रोजेक्ट फ्रीडम’ सुरु गर्दै
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया