शनिबार, माघ १७, २०८२

हत्या अभियोगमा सात जना पक्राउ

मेरोन्यूज २०७९ फागुन २५ गते १८:३१

काठमाडौँ । रौतहटको मौलापुर नगरपालिका ६ बस्ने ४५ वर्षीय नरेश महतोको हत्या अभियोगमा देवाही गोनाही नगरपालिका ७ बस्ने २१ वर्षीय सञ्जय महतोसहित सात जना पक्राउ परेका छन् ।

उनीहरूलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । मौलापुर नगरपालिका ६ पथरा टोलमा महतो र सोही ठाउँ बस्ने उमेश महतोबीच बुधबार बिहान एक आपसमा विवाद भई कुटपिट हुँदा गम्भीर घाइते भएका महतोको मृत्यु भएको हो ।

उनको स्थानीय मेडिकल हुँदै थप उपचारका लागि वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया