पर्यटन मन्त्रालयले पशुपति सफाइ अभियान प्रारम्भ गर्ने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सफा पशुपति, स्वच्छ पशुपति भन्ने नाराका साथ तीन महिने ‘पशुपति सफाइ’ अभियान प्रारम्भ गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले २७ फागुन शनिबार अभियानको सुरुवात गरिने जानकारी दिए ।
अभियान तीन महिनासम्म प्रत्येक शनिबार बिहान ८ देखि १० बजेसम्म निरन्तर संचालन मन्त्री किरातीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले सफा पशुपति, स्वच्छ पशुपति बनाउने अभियानमा साथ दिन सबैमा आग्रह पनि गरेका छन् ।
‘पशुपति सफाइ अभियान प्रारम्भ हुँदैछ । मेरो नेतृत्वमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमातहतका सबै कर्मचारी अनिवार्य उपस्थित हुने यस कार्यक्रममा इच्छुक नागरिक समाज, सामाजिक संघ–संस्था, लेखक, कलाकार, बुद्धिजीवि, पत्रकार, खेलाडी, स्थानीय राजनीतिक दल र दलका भातृ संघ-संगठन र सम्पूर्ण महानुभावहरुमा सहभागिताको लागी हार्दिक अपिल गर्दछु,’ पर्यटनमन्त्री किरातीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
मन्त्री किरातीले ३ महिनाभित्र पशुपतिनाथ क्षेत्रमा फोहरका साथै सबैथरि विकृति–विसंगति अन्त्य गर्ने संकल्प गर्न सबैमा आग्रह गर्दै ‘सफा पशुपति, स्वच्छ पशुपति’ निर्माणमा सहयोग पुर्याउन सबैमा अपिल गरेका छन् ।











हामीसँग बयान लिन खोज्नु गैरकानुनी : ओली
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
बालेनसँग ‘वान टू वान’ वार्ता सकेर निस्किए रवि
रवि र बालेन भित्र छलफलमा, सुधन गुरुङले बाहिरबाट लगाइदिए ताला
त्रिविका १६ हजार विद्यार्थी दीक्षित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया