‘छड्के-२’मा दर्शक निराश बनाउने एक्टिङ गरे :अनमोल

काठमाडाैं। अभिनेता अनमोल केसीले फिल्म ‘छड्के-२’ ले आफ्ना दर्शकहरूलाइ निराश बनाएकाे स्वीकारेका छन् । हालै रिलिज भएकाे फिल्म बक्स अफिसमा फ्लप भएपछि उनले दर्शकहरुलाई निराश बनाएकोमा निकै दु:खी भएको बताएका हुन् ।
शुक्रबार अभिनेता अनमोलले सामाजिक सञ्जालमा स्ट्याटस् लेख्दै नवौं फिल्ममा आइपुग्दा आफू चुकेको र अब यसपछिको फिल्मबाट करियरको नयाँ सुरुवात गर्ने बताएका छन् ।
‘मलाई थाहा छ, मैले ‘२.० छड्के’मार्फत मलाई माया गर्ने दर्शकहरुलाई निराश बनाएँ, जुन दर्शकहरुको साथको कारण म यहाँ आइपुगे । वहाँहरुलाई नै निरास बनाउँदा म झनै दुःखी भएको छु । छड्के २ मेरो नवौं फिल्म थियो, नवौं फिल्ममा आइपुग्दा म झनै परिपक्क हुनुपर्ने थियो, यहाँनेर म चुक्न पुगें’, उनले लेखेका छन्, ‘विश्वस्त हुनुस्, यो समय पनि बितेर जान्छ, घाम डुबेपछि भोलि फेरि नयाँ बिहानी हुन्छ । म भोलिको सुनौलो बिहानी मेरा दर्शकसँग साट्नेछु । दुखेका घाउहरुमा मल्हम लगाउनेछु । अब नवौं पछिको दशौं फिल्म दशपछिको शुन्य हटेपछि बन्ने एक अर्थात् आज म शुन्यमा छु, र मेरो करियरकै पहिलो फिल्म मेरो दशौं फिल्म हुनेछ । अर्थात मेरो करियरको दोस्रो सत्रको सुरुवात मेरो अबको फिल्मबाट हुनेछ ।’
लवस्टोरी फिल्ममार्फत् सधैँ आफ्नो स्टाडम कायम राख्न सफल नायक अनमोललाई ग्याङ्स्टार लुक्समा दर्शकले रुचाएनन्। नेपाली चलचित्र क्षेत्रमा महङ्गा नायकको रूपमा रहेका अनमोलले यो चलचित्रबाट ५० लाख पारिश्रमिक लिएको चर्चा थियो। तर, चलचित्रले अनमोललाई दिएको पारिश्रमिक बराबरको ग्रस कलेक्शनसमेत गर्न नसकेको अवस्था देखिन्छ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया