चार देशको बैठकको इरानद्वारा स्वागत
मेरोन्यूज
२०७९ फागुन २६ गते १४:५१

इरानले आगामी दिनमा हुन लागेको सिरिया, टर्की, इरान र रुसको संयुक्त बैठकको स्वागत गरेको छ । हाल सिरियाको भ्रमणमा रहेका इरानी विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहले यी चार देशका उपविदेशमन्त्रीहरुको सो संयुक्त बैठकको स्वागत गरेका हुन्।
यी चार देशका उपविदेशमन्त्रीहरुको बैठक आगामी हप्ता रुसको राजधानी मस्कोमा आयोजना गरिएको छ । सो बैठकमा खासगरी क्षेत्रीय सुरक्षा र विभिन्न अन्तर्राष्ट्रिय मुद्धाहरुमा छलफल हुने बताइएको छ ।
रुस र युक्रेनका बीचमा जारी रहेको युद्ध र यसका कारण सो क्षेत्रमा उत्पन्न भएको परिस्थितिका बारेमा पनि सो बैठकमा कुराकानी हुने बताइएको छ । हाल सिरियाको भ्रमणमा रहेका इरानी विदेशमन्त्रीले सो बैठक मध्यपूर्वी क्षेत्रमा विकसित पछिल्लो परिस्थितका बारेमा पनि छलफल हुने भन्दै त्यसको स्वागत गरेको समाचारमा जनाइएको छ ।
सम्बन्धित
















विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान
काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया