आइतबार, माघ १८, २०८२

तीन वटा भरूवा बन्दुक बरामद

मेरोन्यूज २०७९ फागुन २६ गते १५:२५

काठमाडौँ । रुकुम (पूर्व)को भुमे गाउँपालिका ३ कागती खोलाको जंगलमा वेवारिसे अवस्थामा रहेको तीन नाल भरुवा बन्दुक फेला परेको छ । शुक्रबार बिहान प्रहरीले उक्त बन्दुक फेला पारेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त जंगलबाट बन्दुक बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया