आगलागीमा ५० लाख भन्दा बढीको क्षति

सप्तरी । सप्तरीको तिरुहुत गाउँपालिका ५ स्थित लोहजरामा शुक्रबार भीषण आगलागी हुदा ६ परिवारको १६ घर जलेर नष्ट भएको छ ।
आगलागीमा सत्यनारायण ठाकुरको ४ वटा, रामकिसुन मरैताको ४ वटा, हरिनारायण ठाकुरको ३ वटा, देवनारायण ठाकुरको २ वटा, उपेन्द्र ठाकुरको २ वटा र गोसाई अरगरियाको १ गरि १६ वटा घर जलेर नष्ट भएको तिरुहुत गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रमानन्द चौधरीले जानकारी दिएका छन् ।
साँझ साढे ४ बजे रामकिसुन मरैताको घरबाट सल्केको आगलागी डेढ घण्टापछि नियन्त्रणमा आएको स्थानीयले बताए । राजविराज, हनुमाननगर, कंचनपुर र शम्भुनाथ नगरपालिकाबाट आएको ४ वटा बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको थियोे ।
आगलागीमा मानवीय क्षती नभए पनी नगद, गरगहना, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा गरि ठूलो परिणाममा धनसम्पत्ती जलेर नष्ट भएको छ ।
आगलागीमा क्षतिको विवरण संकलन कार्य भईरहेकोले के–कति क्षति भएको भन्ने एकिन हुन नसकेको वडा अध्यक्ष चौधरीले जानकारी दिए । आगलागीमा ५० लाख भन्दा बढीको धन सम्पत्ती जलेर नष्ट भएको हुन सक्ने स्थानीयकाे अनुमान छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया