बिहीबार, चैत १२, २०८२

तोलामा १७ सयले बढ्यो सुनको मुल्य

मेरोन्यूज २०७९ फागुन २८ गते ११:५०

काठमाडौं । आइतबार सुनकाे मुल्य बढेकाे छ । सुनचाँदी महासंघका अनुसार सुनको मूल्य एकै दिन तोलामा १७ सय रुपैयाँले बढेको हाे ।

Advertisement
nepal life insurencenepal life insurence

यससँगै, आज नेपाली बजारमा छापावाल सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ३०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर एक हजार २४५ मा काराेबार भइरहेकाे जानकारी दिएको छ ।

प्रतिक्रिया