नेपालले युएईलाई दियो २४९ रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत आज भएको खेलमा नेपालले युएईलाई २४९ रनको लक्ष्य दिएको छ । नेपालले ४९ ओभर २ बलमा सबै विकेटको गुमाएर २४८ रन बनायो ।
नेपाललका लागि कप्तान रोहित पौडेलले ११२ बल खेलेर ७७ रन बनाए । आरिफ शेखले ५२ बल खेलेर ४३ रन बनाए । गुल्सन झाले ३२ बले खेलेर ३७ रन बनाए ।
यूएईविरुद्ध कठिन अवस्थामा रहेको नेपाललाई कप्तान रोहित पौडेलले सम्हालेर खेलेका थिए । २२ रनमै तीन विकेट गुमाएको अवस्थाबाट उनले नेपाललाई उद्धार गरे ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल शीर्ष क्रममा ब्याटरलाई सस्तैमा गुमाएपछि संकटमा परेको थियो ।
ओपनरहरू आसिफ शेख र कुशल भुर्तेललाई १२ रनको अवस्थामै पेभिलियन फर्किएपछि कप्तान पौडेल क्रिजमा आएका थिए । लगत्तै तेस्रो नम्बरका कुशल मल्ल पनि आउनट भएपछि नेपाल दबाबमा परेको थियो ।
आजको खेलमा यूएईलाई पराजित गरे नेपालले एक दिवसीय मान्यता सुनिश्चित गर्नेछ भने, शीर्ष तीनमा रहेर सोझै विश्वकप छनोट खेल्न बाँकी सबै खेल जित्नु पर्ने छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया