थाइल्यान्डमा वायु प्रदूषणः एक हप्तामा २ लाख मानिस अस्पताल भर्ना

थाइल्याण्डको राजधानी बैंककमा पछिल्लो एक सातामा २ लाख मानिस अस्पतालमा भर्ना भएका छन् । वायु प्रदुषणका कारण उनलाई सास फेर्न गाह्रो भएको थियो । यस पर्यटकीय गन्तव्यमा उद्योगधन्दा, सवारीसाधनबाट निस्कने धुवाँ र खेतबारीमा जलेको खराब बालीले मानिस सास्ती खेपिरहेका छन् ।
पब्लिक हेल्थ मिनिस्ट्रीका अनुसार वायु प्रदुषणका कारण तीन महिनामा १३ लाख मानिस बिरामी परेका छन् । ती मध्ये पछिल्लो एक सातामै २ लाख मानिस अस्पतालमा भर्ना भएका हुन् । यसैबीच स्वास्थ्य मन्त्रालयले मास्क लगाएर हिड्न आग्रह गरेको छ । साथै बालबालिका र महिलालाई घरबाहिर ननिस्कन पनि आग्रह गरिएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार सवारी साधनबाट निस्कने धुवाँलाई निगरानी गर्न चेक प्वाइन्ट बनाइएको छ । साथै नर्सरी र विद्यालयमा ‘नो डस्ट रुम’ बनाइएको छ । जहाँ एयर प्युरिफायर जडान गरिएको छ ।
हालसम्म विद्यालय बन्द भएका छैनन् । यो खतरा अझै बढ्ने अधिकारी बताउँछन् । आगामी दिनमा मानिसहरूलाई घरभित्रै राख्न कडा प्रतिबन्ध लगाउनु पर्ने अवस्था अाउने अनुमान गरिएकाे छ ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया