पीएनजीविरुद्ध नेपाललाई तेस्रो सफलता

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत टियु मैदानमा भइरहेको खेलमा नेपालले तेस्रो विकेट लिएको छ । नेपालका लागि तीन ओभर चार बलमा ललित राजवंशीले पहिलो विकेट लिएका थिए ।
दोस्रो विकेट ६ ओभर ५ बलमा सोमपाल कामीले लिए । तेस्रो विकेट १४ ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले लिए ।
पिएनजी १४ ओभर सकिँदा ४९ रन बनाएर खेलिरहेको छ । टियु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा तेस्रो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध पहिले बलिङ गरिरहेको छ । कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका थिए ।
सिरिजको दुई खेलमा सहज जित निकाल्दै नेपालले एकदिवसीय मान्यता जोगाएको छ ।
आजको खेलमा सहज जित निकाल्न सकेमा नेपालले सोझै विश्वकप छनोट खेल्ने सम्भावनालाई कायम राख्नेछ । त्यसपछि नेपाललाई सिरिजको अन्तिम खेल जिते पुग्नेछ ।
लिग–२ मा नेपाल ३४ खेलमा ३६ अंक जोडेर चौथो स्थानमा छ । पीएनजीले ३४ खेलमा ११ अंक जोडेर अंक तालिकाको पुछारमा छ । नेपालले विश्वकप लिग–२ को अन्तिम खेलमा मार्च चैत २ मा यूएईसँग खेल्नेछ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया