नेपालले गुमायो पहिलो विकेट

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा पपुवान्युगिनीले नेपालको पहिलो विकेट लिएको छ । नेपालको ओपनर कुशल भुर्तेल १४ बलमा ३३ रन बनाएर आउट भएका छन् ।
नेपाल अहिले ५ ओभर ३ बलमा ६३ रन बनाएर खेलीरहेको छ ।
पिएनजीले नेपाललाई ९६ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको नेपालको उत्कृष्ट बलिङसामू पिएनजी टिक्न सकेन।
९५ रन बनाउँदा आफ्ना सबै विकेट गुमायो।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए। कुशल मल्ल र ललित राजबंशीले २–२ विकेट लिँदा सोमपाल कामीले १ विकेट हात पारे।
पिएनजीका ओपनरद्वय किप्लिन डोरिगा २ रन र हिरी हिरी १४ रनमा आउट भए। डोरिगालाई ललित राजवंशीले चौथो ओभरको चौथो बलमा बोल्ड गरेका थिए। हिरी हिरीलाई भने सोमपालले सातौ ओभरमा करण केसीबाट क्याच गराए।
खराब सुरूआत गरेको पिएनजीले १४ ओभरमा ४९ रन जोड्दा ३ विकेट गुमाएको थियो।
त्यसपछि सेसे बाउ १८ रन, कप्तान आसाद भाला २० रन र चर्ल्स अमिनी १६ रनमा आउट भएका थिए। तीनै जनालाई नेपालका सन्दीप लामिछानेले आउट गरे। बाउ बोल्ड हुँदा भाला र अमिनी क्याच आउट भए।
रिली हेकुरेले ४ रन जोडे। उनलाई ललितले आउट गरे। नोर्भान भानुआ शून्यमा कुशल मल्लको बलमा दिपेन्द्रसिंह ऐरीबाट क्याच भए। यस्तै सन्दीपले हिला भारेलाई ९ रनमा बोल्ड गरे। यस्तै कुशलले काबुआ मोरियालाई पनि १ रनमा आउट गरे।
सन्दीपले अन्तिम विकेटको रुपमा सेमो कामिआलाई शून्यमा बोल्ड गरे।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
प्रतिक्रिया