दुई स्रष्टा र एक विद्यालय पुरस्कृत

भक्तपुर। नित्यराज पाण्डे प्रज्ञाप्रतिष्ठानले साहित्य, ज्ञानविज्ञान र शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने सर्जक र संस्थालाई एक समारोहकाबीच पुरष्कृत गरेको छ ।
साहित्यकार ध्रुव मधिकर्मीलाई महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार, डा. भूचन्द्र वैद्यलाई नित्यराज पाण्डे ज्ञानविज्ञान पुरस्कार र मेधा माध्यमिक विद्यालयलाई सिद्धिराज विद्याकुमारी देवकुमारी शैक्षिक पुरस्कार प्रदान गरिएको हो ।
प्रमुख अतिथि प्राज्ञ दिनेशराज पन्तले प्रमाणपत्र र प्रतिष्ठानका अध्यक्ष नारायणराज पाण्डेले नगद राशी २५ हजार र उपहार प्रदान गरे । कार्यक्रममा प्रमुख अतिथि पन्तले राष्ट्र र समाजका लागि योगदान गर्ने स्रष्टा र संस्थाको सम्मान गर्नु महनीय कार्य भएको बताए । कार्यक्रममा पुरष्कृत सर्जकहरुका साथै उत्तम नारायाण मल्ल, प्रतिष्ठानका सदस्य सुनीता पाण्डे र मुकुन्द शर्माले पनि मन्तव्य दिएका थिए ।









एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
कांग्रेसले गरायो आयोगमा दल दर्ता
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
पत्रकार दीपेन्द्र खनियाँ मृत फेला
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
प्रतिक्रिया