दुई स्रष्टा र एक विद्यालय पुरस्कृत

भक्तपुर। नित्यराज पाण्डे प्रज्ञाप्रतिष्ठानले साहित्य, ज्ञानविज्ञान र शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने सर्जक र संस्थालाई एक समारोहकाबीच पुरष्कृत गरेको छ ।
साहित्यकार ध्रुव मधिकर्मीलाई महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार, डा. भूचन्द्र वैद्यलाई नित्यराज पाण्डे ज्ञानविज्ञान पुरस्कार र मेधा माध्यमिक विद्यालयलाई सिद्धिराज विद्याकुमारी देवकुमारी शैक्षिक पुरस्कार प्रदान गरिएको हो ।
प्रमुख अतिथि प्राज्ञ दिनेशराज पन्तले प्रमाणपत्र र प्रतिष्ठानका अध्यक्ष नारायणराज पाण्डेले नगद राशी २५ हजार र उपहार प्रदान गरे । कार्यक्रममा प्रमुख अतिथि पन्तले राष्ट्र र समाजका लागि योगदान गर्ने स्रष्टा र संस्थाको सम्मान गर्नु महनीय कार्य भएको बताए । कार्यक्रममा पुरष्कृत सर्जकहरुका साथै उत्तम नारायाण मल्ल, प्रतिष्ठानका सदस्य सुनीता पाण्डे र मुकुन्द शर्माले पनि मन्तव्य दिएका थिए ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
प्रतिक्रिया