पिएनजीबिरुद्ध फराकिलो जित निकालेपछि सन्दीप लामिछानेले भने- यही टोलीले जिम्बाबे यात्रा तय गर्छ

काठमाडौं । स्पिनर सन्दीप लामिछानले मोन्टी देशाईले नेपाली टोली सम्हालेपछि टोली सकारात्मक तरिकाले अगाडि बढीरहेको र यही टोलीले जिम्बाबे यात्रा गर्ने विश्वास व्यक्त गरेका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सोमवार सम्पन्न खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका स्पिनर लामिछानेले अहिलेको टोली सकारात्क तरिकाले अगाडि बढीरहेको बताएका हुन् ।
उनले केही समयअघि नेपाली टोली कठिन अवस्थामा रहेको र नयाँ प्रशिक्षको आगमनसँगै टोलीले नयाँ गति लिएको बताए । यही टोलीमा खेलाडी राम्रो तालमेल रहेको भन्दै आगामी दिनमा नेपाली क्रिकेट राम्रो हुने उनले प्रतिक्रिया दिए ।
लामिछानले सोमवार पिएनजीबिरुद्ध ९ विकेटको फराकिलो जित निकाल्दा नेपाल अब विश्वकप छनोट पुग्न एक कदम मात्र टाढा छ । सन्दीपले यही खेलमा ५ विकेट निकाल्दा प्लेयर अफ दि म्याच पनि घोषित भए । यस्तै अर्का स्पिनर ललितनारायण राजवंशीले सन्दीप सम्मिलित टोलीमा दुई स्पिनरबीच अट्याकीङ र रन रोक्ने रणनीतिमा तालमेल बनाउँदै खेल सहज हुने बताए ।
उनले प्रशिक्षको रणनीति अनुसार खेल्न पाउँदा खुशी रहेको प्रतिक्रिया दिए ।
नेपालका लागि अर्धशतकीय पारी खेल्दै जित दिलाउनुभएका ओपनर आसिफले सहज बललाई खेल्ने र कठिन बललाई सामना मात्र गर्ने रणनीति भएपनि परिस्थिति अनुसार खेल्दा पिएनजीबिरुद्ध सहज सफलता मिलेको बताए ।
ओपनिङको रुपमा मैदान प्रवेश गर्दा आफ्नो मानसिकता धेरै रन बटुल्ने हुने र टिमको मनोबल उच्च बनाउने हुने गरेको आसिफले बताए ।
अर्का ओपनर कुशल भुर्तेलले हरेक खेल महत्वपूर्ण हुने भन्दै आफ्नै शैलीमा खेल्दा आपूmलाई सफलता मिलेको बताए । प्रशिक्षकलाई कुन खेलाडीबीच कस्तो तालमेल हुने र कस्तो खेल्ने थाहा भइसकेको र सो अनुसार रणनीति बनाउने गरेको बताए ।
प्रशिक्षकको रणनीति अनुसार खेल्न सफल भएको प्रतिक्रिया दिए ।
लिग–२ अन्तर्गत अब नेपालले अन्तिम खेल युएईसँग बिहीवार खेल्नेछ । त्यसअघि बुधवार युएई र पिएनजीबीच खेल हुने तालिका छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया