प्रतिभावान खेलाडीलाई समेट्दै टोली निमार्ण गर्छु– फुटबल प्रशिक्षक भिन्सेन्जो

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षका भिन्सेन्जो अल्बर्टो एनिसले नेपालमा भएको खेलाडीलाई समेट्दै राष्ट्रिय टोलीको निमार्ण गर्ने बताएका छन् ।
मंगलवार अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा इटालियन प्रशिक्षका भिन्सेन्जो अल्बर्टो एनिसले चलिरहेको शहीद स्मारक ए डिभिजन लिग र विगतका खेलबाट उनीहरुले गरेको प्रदर्शनको आधारमा टिम निमार्ण गर्ने बताएका हुन् ।
राष्ट्रिय टोलीका अधिकांस खेलाडी पलायन भएको अवस्थामा टोली सम्हाल्न नेपाल आएका भिन्सेन्जोले जारी शहीद स्मारक ए डिभिजन लिग र विगतका प्रतियोगितामा खेलेका खेलाडीलाई समेट्दै टोली बनाउने बताए । प्रशिक्षक भिन्सेन्जोले प्रशिक्षक बन्नका लागि अवसर खोजिरहेकोक र तीन वर्षदेखि नेपाली फुटबल पछ्याइरहेकाले नेपाली आउन चाहेको समेत बताए । उनले भारतीय आई लिगमा नेपाली खेलाडीको प्रतिभा देखेको र चलिरहेको ए डिभिजन लिगमा पनि आपूmले सम्भावना बोकेका खेलाडी भेटेको समेत बताए ।
यस्तै, राष्ट्रिय टोलीका केही खेलाडीहरु विदेश गएको अवस्थामा कसरी टोली निमार्ण गनुहुन्छ भन्ने प्रश्नमा प्रशिक्षक भिन्सेन्जोले टिम बनाउँदा सम्पूर्ण रुपमा नयाँ नसकिने र एकै पटक धेरै नयाँ खेलाडीलाई मात्र समेटेर बनाउन कठिन हुने बताए । उनले विदेश गएका खेलाडीसँग सम्पर्क गर्ने प्रयास गर्ने समेत बताए । प्रशिक्षक भिन्सेन्जोले नेपाल आउनुको लक्ष्य धेरै भन्दा धेरै खेलमा नेपाललाई सुखद् नतिजा दिलाउने र नेपालले विगतमा हासिल गर्न नसकेको सफलता दिलाउँदै करियर सुधार गर्ने लक्ष्य रहेको बताए
नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको प्रशिक्षणमा नेपालले पहिलो घरेलु मैदानमा नेपाल, लाओस र भुटान सम्मिलित अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ । प्रशिक्षक भिन्सेन्चोलाई एन्फाले मासिक तलबबाहेक खानेबस्ने र आउने जाने व्यवस्था गरेको गरेको छ । प्रशिक्षकका लागि आवश्यक पर्ने बजेट हालका लागि एन्फाको आन्तरिक स्रोतबाट व्यवस्था गरिएको छ । प्रशिक्षका सम्झौता एक वर्षका लागि गरिएको हो ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया