आइतबार, माघ १८, २०८२

सशस्त्रलाई ९२ सैयाको उपचार कक्ष हस्तान्तरण

मेरोन्यूज २०७९ फागुन ३० गते २०:०३

काठमाडौं । विश्व स्वास्थ्य संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल एपीएफ अस्पताल बलम्वु काठमाडौंको परिषरभित्र निर्माण गरिएको ९२ शैयाको Severe Acute Respiratory Infection (SARI) Treatment Facility सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण गरिएको छ ।

नेपाल एपीएफ अस्पताल बलम्वुमा फागुन ३० गते आयोजित कार्यक्रमका बीच नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेललाई विश्व स्वास्थ्य संगठनका दक्षिण पूर्वी एशिया क्षेत्रिय निर्देशक डा पूनम क्षेत्रपाल सिंहले हस्तान्तरण गरेका हुन् ।

उक्त उपचार सुविधा डा. पोखरेलले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई हस्तान्तरण गरेका हुन् ।

गम्भिर प्रकृतीको श्वासप्रश्वास संक्रामक रोगहरुको उपचारमा स्वास्थ्य सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको उक्त Treatment Facility मा ७२ वटा वार्ड बेड, १४ वटा सघन उपचार कक्ष र ६ वटा ट्रिएज बेड रहेका छन् ।

कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलले कोभिड–१९ महामारीको कठिन अवस्थामा समेत सशस्त्र प्रहरी बल नेपालको एपीएफ अस्पतालले कोभिड डेडिकेटेड अस्पतालको रुपमा अनुकरणीय योगदान पुर्‍याएको स्मरण गदैं मंगलबार हस्तान्तरण भएको फिल्ड अस्पतालले श्वासप्रश्वाससँग सम्बन्धित महामारी र विपद्को समयमा आम जनतालाई अझै प्रभावकारी रुपमा सेवा प्रदान गर्न सफल हुने बताए ।

विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रिय निर्देशक डा। पूनम क्षेत्रपाल सिंहले दक्षिण पूर्वी एशिया क्षेत्रमा नै पहिलो पटक संचालन हुन लागेको Severe Acute Respiratory Infection (SARI) Treatment Facility ले गम्भिर प्रकृतीको स्वासप्रश्वास संक्रामक रोगहरुको उपचारमा सेवा प्रदान गर्न आवश्यक दक्ष जनशक्ति तथा भौतिक पूर्वाधारहरु पूर्व तयारी अवस्थामा रहेको बताइएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्राकृतीक प्रकोप एवं महामारी व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले निर्वाह गर्दै आईरहेको जिम्मेवारीहरुलाई थप प्रभावकारी बनाउन तथा विशेषत श्वासप्रश्वास संक्रमण सम्बन्धि स्वास्थ्य उपचार प्रदान गर्न यस्ता प्रकृतीका संरचना तथा पूर्वाधारहरुले थप टेवा पुग्ने बताए ।

उनले मानव जीवनको अस्तित्वसँग जोडिएको श्वासप्रश्वास जस्तो संवेदशिल विषयमा आवश्यकलाई महसुस गरी यसको महत्व, अपरिहार्यता र भावि चुनौतीको गहन अध्ययनका साथ स्वास्थ्य उपचार प्रदान गर्ने निकायका रुपमा सशस्त्र प्रहरी बल नेपाललाई Treatment Facility हस्तान्तरण गरेको विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत सम्बन्धित सरोकारवाला निकायप्रति आभार प्रकट गरेका थिए ।

प्रतिक्रिया